लालीबजारको अन्तरिम आदेश यथावत, अदालतले मगायो सेन्सर बोर्डको निर्णय

जस नेपाल

२२ वैशाख २०८३

लालीबजारको अन्तरिम आदेश यथावत, अदालतले मगायो सेन्सर बोर्डको निर्णय

काठमाडौँ । केही चलचित्र मनोरञ्जन मात्र नभएर समाजको एक कुनामा तीतो यथार्थ बनेर बसेका हुन्छन् । तर कहिलेकाहीँ ती यथार्थलाइ कसैले औल्याउन खोज्दा अर्को घाउ पनि बल्झिन सक्छ ।यही द्वन्द्वबीच उच्च अदालत पाटनले विवादित फिल्म ‘लालीबजार’को मुद्दालाई थप गहिरोसँग हेर्ने भएको छ ।

अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र जाँच समितिले फिल्म प्रदर्शनका लागि दिएको निर्णयको सक्कल फाइल मगाएको छ । साथै, फिल्म रोक्न माग गर्दै दायर रिटमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।

वैशाख २२, २०८३ मा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यो आदेश दिएको हो । वादी रोशनी नेपालीले बादी समुदायका महिलाको प्रतिनिधित्व गर्दै फिल्म प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । फिल्मको प्रिमियर सो समेत अन्तरिम आदेशपछि रोकिएको थियो ।

किन विवाद ?

यम थापा निर्देशित र षट्कोण आर्ट्सले निर्माण गरेको ‘लालीबजार’ बादी समुदायका महिलाहरूको संघर्ष र जीवनसँग जोडिएको कथा हो । १८ वैशाखदेखि प्रदर्शनमा आउन तयारी अवस्थामा रहेको यो फिल्मलाई जाँच समितिले प्रदर्शन अनुमति दिएको थियो । तर समुदायको एक हिस्साले फिल्मले आफ्नो संवेदनशीलतामा चोट पुर्‍याएको दाबी गर्दै अदालत पुगेको छ ।

यो मुद्दा अब केवल फिल्म रोक्ने वा छाड्ने भन्नेमा मात्र सीमित छैन । अदालतले फिल्म जाँच समितिको निर्णय प्रक्रिया, आधार र संवेदनशील समुदायप्रतिको जिम्मेवारीबारे समेत प्रश्न उठाएको देखिन्छ ।

रिट नम्बर ०८२-WO-१७७२ मा संयुक्त इजलासले उत्प्रेषण मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । अब समितिले आफ्नो निर्णय कसरी र कुन आधारमा गरेको थियो भन्ने कागजात अदालतमा पेश गर्नुपर्ने भएको छ ।

चलचित्रका पक्षले भने कलात्मक स्वतन्त्रता र कथावस्तुको सत्यता बचाउनुपर्ने अडान लिँदै आएको छ भने वादी पक्षले समुदायको सम्मान र चित्रणको संवेदनशीलतामा जोड दिइरहेको छ ।

यो पनि –

उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू

‘लालीबजार’का निर्माताले नपढेको सर्वोच्चको त्यो फैसला

अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान

सम्बन्धित खवर

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

काठमाडौँ  । यो साता अदालती क्षेत्र एकपछि अर्को चर्चित फैसला र गतिविधिमा तीव्र रहेको...

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ। मेरो मान्यता के हो भने संविधान संशोधन गर्न...

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...