टुङ्गो लागेन सुकुम्बासीको मुद्दा, शुक्रबारलाई तोकियो पेशी

जस नेपाल

२४ वैशाख २०८३

टुङ्गो लागेन सुकुम्बासीको मुद्दा, शुक्रबारलाई तोकियो पेशी

काठमाडौँ । सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती हटाउने विवादमा दायर भएका तीन प्रमुख रिटमाथिको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ । अदालतले भोलि वैशाख २५ गतेका लागि पेशी तोकेको छ ।

थापाथली, मनोहरालगायत क्षेत्रमा डोजर चलेपछि विस्थापित भएका सुकुम्बासीहरूको आवास अधिकार र सरकारको निस्कासन प्रक्रियाबारे चर्किएको यो बहस अझै टुङ्गो लाग्न सकेको छैन ।

मुद्दा नं. ०८२-WO-११९५ मा गोपाल रन पहेली लगायतले थापाथली बस्तीबाट जबर्जस्ती हटाइएको विरोधमा २०८३ वैशाख ११ गते दायर रिट,मुद्दा नं. ०८२-WO-११९७ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०८३ वैशाख १४ गते देशभरिका सुकुम्बासी तथा भूमिहीनको आवास अधिकार संरक्षण गर्न माग गर्दै दायर गरेको रिट र मुद्दा नं. ०८२-WO-१२३७ मा माजिद अन्सारी समेत ४ जनाले २०८३ वैशाख १७ गते काठमाडौँका नदी किनार र सार्वजनिक जग्गाका सुकुम्बासी बस्ती हटाउने कार्यविरुद्ध दायर गरेको रिट हेर्दाहेर्दै स्थगित भएर भोलि वैशाख २५ गतेका लागि पेशी तोकिएको छ ।

तीनवटै मुद्दालाई एकसाथ जोडेर लगाबमा सुनुवाइ भइरहेको छ । अदालतले सरकारलाई सुकुम्बासी बस्ती खाली गर्दा अपनाइएको प्रक्रिया, कानुनी आधार, निर्णयका कागजात र विस्थापित परिवारलाई आवास, खाना, स्वास्थ्य तथा बालबालिकाको शिक्षाको व्यवस्था गरेको विवरण पेश गर्न निर्देशन दिइसकेको छ ।

आजको पेशी स्थगित भएसँगै यस विषयमा भोलि वैशाख २५ गते थप छलफल हुने भएको छ ।

यो पनि –

सर्वोच्चमा सुकुम्बासीबारे आज पनि सुनुवाइ

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...