प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

जस नेपाल

२५ वैशाख २०८३

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । वरिष्ठताको परम्परा तोडेर चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएकोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेश गर्दै उक्त सिफारिस संविधानको आधारभूत मर्म, न्यायिक स्वतन्त्रता र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन् ।

रिटमा भनिएको छ ‘कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित तीन जना वरिष्ठ न्यायाधीशहरूलाई पछि पार्दै चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गर्दा न्यायपालिकामा गम्भीर विकृति निम्तिने र वरिष्ठताको स्थापित अभ्यास ध्वस्त पारिने खतरा छ ।’

बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले यो निर्णय गरेको थियो । नेपालको न्यायिक इतिहासमा वरिष्ठताको आधारमा प्रधानन्यायाधीश नियुक्ति हुँदै आएकोमा यो पटक यति ठूलो ‘वरियता जम्प’ पहिलो पटक भएको हो ।

यो पनि –

प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस

सम्बन्धित खवर

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

बलात्कार अनुसन्धानमा छुट्टै प्रहरी संगठन बनाउन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश (पूर्णपाठसहित)

बलात्कार अनुसन्धानमा छुट्टै प्रहरी संगठन बनाउन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश (पूर्णपाठसहित)

काठमाडौँ । महिला प्रहरीलाई सहकर्मीले सामूहिक बलात्कार गरेको घटनाबाट सुरु भएको यो मुद्दा अहिलेसम्मको...

महिलाले बलात्कार गर्न सक्छन् ?  हेर्नुहोस् सर्वोच्चको व्याख्या

महिलाले बलात्कार गर्न सक्छन् ?  हेर्नुहोस् सर्वोच्चको व्याख्या

काठमाडौँ । एक महिलाले आफूलाई पुरुष भएको विश्वास दिलाइन् । प्रेम र विवाहको कुरा...

साताको अदालत : बारको असन्तुष्टि, पूर्व प्रधानमन्त्रीसँग जवाफ मागदेखि उच्च अदालत पाटनको निर्वाचनसम्म

साताको अदालत : बारको असन्तुष्टि, पूर्व प्रधानमन्त्रीसँग जवाफ मागदेखि उच्च अदालत पाटनको निर्वाचनसम्म

काठमाडौँ । यो साता न्यायपालिकाभित्र परम्परा मिचेर राष्ट्रिय महत्वका मुद्दाहरू टिप्पणी आदेशमार्फत संवैधानिक इजलासमा...