विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

जस नेपाल

२८ वैशाख २०८३

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीको अध्यक्ष दिपक धामि समेतले दायर गरेको मुद्दा (०८२-WO-१२७२) मा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो ।

आदेशमा विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न भनिएको छ ।

यसअघि सरकारको निर्णयविरुद्ध अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि आठ विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गर्दै विद्यार्थी संगठन खारेजीको निर्णय संविधानप्रदत्त संगठन स्वतन्त्रता र विद्यार्थी राजनीतिक अधिकारविपरीत भएको जिकिर गरेका थिए ।

सोही रिटमाथिको सुनुवाइपछि अदालतले अन्तिम टुंगो नलाग्दासम्म विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले सरकारका तर्फबाट मन्त्रिपरिषद्, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगलाई लिखित जवाफ पेस गर्न निर्देशन दिँदै दुवै पक्षलाई थप छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

याे पनि – सर्वोच्चले गर्‍यो विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश

सर्वोच्चले गर्‍यो विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश

सम्बन्धित खवर

सौतेनी आमाकी छोरी ‘हाडनाता करणीमा’ पर्दिनन् : सर्वोच्च अदालत (पूर्णपाठ)

सौतेनी आमाकी छोरी ‘हाडनाता करणीमा’ पर्दिनन् : सर्वोच्च अदालत (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई ‘हाडनाता करणी’ नमान्ने सिद्धान्त प्रतिपादन...

पाँचथरमा एक वर्षमा ४७१ सम्बन्ध विच्छेदका मुद्दा

पाँचथरमा एक वर्षमा ४७१ सम्बन्ध विच्छेदका मुद्दा

पाँचथर ।  जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन ।...

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो

ललितपुर । उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचन बदरको माग गर्दै दायर भएको रिटमा...

जग्गा पास नभएको राजिनामा पनि कपालीसरह मान्य हुने : सर्वोच्च अदालत (पूर्णपाठसहित )

जग्गा पास नभएको राजिनामा पनि कपालीसरह मान्य हुने : सर्वोच्च अदालत (पूर्णपाठसहित )

काठमाडौँ । सुनसरीको जग्गा खरिद-बिक्री विवादमा सर्वोच्च अदालतले मालपोत कार्यालयमा राजिनामा लिखत तयार भई...