संविधान संशोधन बहसपत्रबारे जेनजी प्रतिनिधिसँग छलफल हुँदै

जस नेपाल

३१ वैशाख २०८३

संविधान संशोधन बहसपत्रबारे जेनजी प्रतिनिधिसँग छलफल हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई औपचारिक आमन्त्रण गरेको छ ।

सरकारको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०२५’ ले शुक्रबार (२०८३ वैशाख १९ गते) दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्री कार्यालय (सङ्ग्रहालय हल, कोठा नं. ४०२) मा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम आयोजना गर्दैछ। कार्यदलले प्रत्येक वक्तालाई ३ मिनेटको समय दिई लिखित सुझावसमेत मागेको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलले मन्त्रिपरिषद्को निर्णयअनुसार जेनजी आन्दोलनका अगुवाहरूसँग संविधान संशोधनका विषयमा सुझाव संकलन गर्न लागेको हो। कार्यदलले यसअघि राजनीतिक दल, कानुनविद्, पूर्वमहान्यायाधीवक्ता र सम्पादकहरूसँग समेत छलफल गरिसकेको छ ।

छलफलमा आमन्त्रित प्रतिनिधिहरूको सूचीमा रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजित अन्सारी, अर्णव चौधरी,  रिजन रानामगर, अमृता वन, युजन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वान्ग्बु, टंक जैसी, यादव अर्याल, यतिसओझा, जनक पोखरेल, आयुष बस्याल, सुदिप से , अरुण सिंह नेपाली, विप्लवी न्यौपाने, सांकेन  राई र मोनिका निरौला लगायत २० जना रहेका छन् ।

कार्यदलले जेनजी आन्दोलनका प्रतिनिधिहरूबाट प्राप्त सुझावलाई समेटेर संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने जनाएको छ । 

यो पनि – 

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

सम्बन्धित खवर

करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसँगै ल्याइएको आर्थिक विधेयकमा राखिएको करका दरमा...

स्वतन्त्र सांसद्‌ महावीर पुन पनि मन्त्री बन्दै

स्वतन्त्र सांसद्‌ महावीर पुन पनि मन्त्री बन्दै

काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य (सांसद्‌) महावीर पुन...

कानूनको अभ्यासमा एआईको प्रयोग

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक...

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।...