आयोगको निर्देशनपछि उच्च अधिकारीको सम्पत्ति विवरण फेरि चर्चामा

जस नेपाल

३१ वैशाख २०८३

आयोगको निर्देशनपछि उच्च अधिकारीको सम्पत्ति विवरण फेरि चर्चामा

काठमाडौं। सम्पत्ति छानबिन आयोग, २०८३ ले आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ चैत्र मसान्तसम्म सार्वजनिक पद धारण गरेका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक पदाधिकारी, उच्च कर्मचारी, प्रदेश तथा स्थानीय तहका पदाधिकारी र उनीहरूका परिवारको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण ३० दिनभित्र अनिवार्य दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ।

सूचनामा उल्लेख भएअनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेश मुख्यमन्त्री, मन्त्री, सचिव, राजदूत, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी, विभिन्न आयोगका पदाधिकारी लगायतका व्यक्तिहरू र उनीहरूका परिवार सदस्यलाई समेत यो सूचनाको दायरामा समेटिएको छ ।

सूचनाअनुसार तोकिएको ३० दिनभित्र सम्पत्ति विवरण नबुझाउने वा अपूर्ण तथा झुटो विवरण बुझाउनेलाई कानुनबमोजिम कारबाही हुने समेत उल्लेख गरेको छ । 

यो सूचना सम्पत्ति छानबिन आयोगको आधिकारिक वेबसाइट र सरकारी माध्यमबाट सार्वजनिक गरिएको छ। आयोगले सम्पत्ति विवरण दाखिला गर्नका लागि आवश्यक फाराम र प्रक्रिया समेत उपलब्ध गराएको छ ।

आयोगले जारी गरेको सूचना-

यो पनि –

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

सम्बन्धित खवर

संविधान संशोधन छलफल बहिष्कार गर्ने जेन-जी अभियानकर्ताको घोषणा 

संविधान संशोधन छलफल बहिष्कार गर्ने जेन-जी अभियानकर्ताको घोषणा 

काठमाडौँ  । पूर्वसहमति कार्यान्वयन नभएसम्म सरकारले आह्वान गरेको कुनै पनि संवादमा नबस्ने अडान जेन-जी...

के तपाईंको छिमेकी वा आफन्तसँग अकुत सम्पत्ति छ ? उजुरी गर्न सकिन्छ !

के तपाईंको छिमेकी वा आफन्तसँग अकुत सम्पत्ति छ ? उजुरी गर्न सकिन्छ !

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले अब आम नागरिकलाई पनि उजुरी गर्ने बाटो खुला गरेको...

संविधान संशोधन बहसपत्रबारे जेनजी प्रतिनिधिसँग छलफल हुँदै

संविधान संशोधन बहसपत्रबारे जेनजी प्रतिनिधिसँग छलफल हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलले जेनजी आन्दोलनका...

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

मेरो नाम सुभद्रा न्यौपाने हो । म विगत २५ वर्षदेखि मनोहरा बस्तीमा परिवारसहित बसिरहेकी...