काठमाडौँ । सम्पत्ति छानबिन आयोगले अब आम नागरिकलाई पनि उजुरी गर्ने बाटो खुला गरेको छ । यदि तपाईंलाई कुनै राजनीतिक पदाधिकारी वा कर्मचारीले गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको र त्यो आफू, परिवार, आफन्त वा अरू कसैको नाममा राखेको जानकारी छ भने तुरुन्त उजुरी गर्न सक्नुहुनेछ ।
सम्पत्ति छानबिन आयोग, २०८३ ले आज सूचना नम्बर २ जारी गर्दै सार्वजनिक अपिल गरेको हो । आयोगले गोरखापत्रमा प्रकाशित सूचना नं. १ अनुसार स्वतः छानबिनमा पर्ने वा नपर्ने जुनसुकै सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको अस्वाभाविक र गैरकानूनी सम्पत्तिका बारेमा सूचना, जानकारी वा प्रमाण भएमा जो कोहीले आयोगमा उजुरी गर्न सक्ने व्यवस्था गरेको छ ।
उजुरी गर्दा उपलब्ध प्रमाणसहित सम्भव भए उजुर गरिने व्यक्तिको सम्पर्क नम्बर र इमेल ठेगाना पनि दिन सकिनेछ । उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क विवरण आयोगमा गोप्य राखिने आयोगले जनाएको छ ।
उजुरी कार्यालय समयमा व्यक्तिगत रूपमा, हुलाक मार्फत् वा आयोगको इमेल ujuri@pic.gov.np मा गर्न सकिनेछ।
हेर्नुहोस् सूचना –


