उच्च अदालत पाटनमा ‘लालीबजार’ मुद्दाको पुनः सुनुवाइ, विपक्षी झिकाउने आदेश

जस नेपाल

६ जेठ २०८३

उच्च अदालत पाटनमा ‘लालीबजार’ मुद्दाको पुनः सुनुवाइ, विपक्षी झिकाउने आदेश

काठमाडौँ । फिल्म ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिट मुद्दामा उच्च अदालत पाटनले पुनः सुनुवाइ अघि बढाएको छ । बुधबार न्यायाधीश गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले विपक्षी पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ

उच्च अदालत पाटनमा दर्ता भएको मुद्दा नम्बर ०८२-एफएन-१३८३ मा वादी रोशनी नेपालीले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सिंहदरबार समेतलाई विपक्षी बनाएकी छन् । यो मुद्दा २०८३ जेठ ४ गते दर्ता भएको थियो ।

सर्वोच्च अदालतको निर्देशनअनुसार यो मुद्दा उच्च अदालतमै फिर्ता भएको हो । यसअघि उच्च अदालतले फिल्म प्रदर्शन खुलाउने गरी, तर अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपालीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले गत साता फिल्म ‘लालीबजार’ अवलोकन गरी आवश्यक छानबिन गर्न र सात दिनभित्र अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्न उच्च अदालत पाटनलाई आदेश दिएको थियो । सोही आदेश कार्यान्वयनका क्रममा बुधबार पुनः सुनुवाइ भएको हो ।आगामी पेशीको मिति भने अझै तोकिएको छैन ।

`लालीबजार` फिल्म हाल सिनेमा हलहरूमा प्रदर्शन भैरहेको छ ।

यो पनि –

उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...