विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जस नेपाल

२५ जेठ २०८३

विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पक्राउ परेका प्रतिवादी दीपक भट्ट र शुलभ अग्रवालको थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको छ ।

विशेष अदालतका  न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले भट्टको हकमा आठौँ पटक तथा अग्रवालको हकमा नवौँ पटक तीन–तीन दिन म्याद थप गर्ने आदेश दिएको हो ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । अनुसन्धान नसकिएकाले थप समय आवश्यक रहेको भन्दै अनुसन्धान निकायले म्याद थपको माग गरेको थियो ।

सोही मागअनुसार अदालतले दुवै प्रतिवादीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।

सम्बन्धित खवर

बच्चाले काँक्रो चोरेको मुद्दा प्रधान न्यायालयमा

बच्चाले काँक्रो चोरेको मुद्दा प्रधान न्यायालयमा

काठमाडौँ । छोरीले छिमेकीको काँक्रो चोरेर खाएको आरोपबाट सुरु भएको एउटा विवाद अन्ततः बाटो...

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

मे १९५८ को एक रुमानी रातमा भारतको उडिसा राज्यमा बालासोर जिल्लाको एउटा सानो गाउँमा,...

शुक्रबार सर्वोच्चमा ३६२ मुद्दाको पेसी, ५४ मा फैसला

शुक्रबार सर्वोच्चमा ३६२ मुद्दाको पेसी, ५४ मा फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार ३६२ वटा मुद्दाको पेसी तोकिएकोमा ५४ वटा मुद्दामा फैसला...

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौँ । अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ...