काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिए ।
बैठकले पूर्व गृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको छ ।

यसैगरी तल्लो अरुण, लोवर न्यादी खोला, घुन्सा खोला र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यस्तै दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ ।

