‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

जस नेपाल

७ साउन २०८३

‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौँ  । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानून निर्माण तथा सुधार वर्ष’ लाई सफल बनाउन उच्चस्तरीय कानून सुधार समिति गठन गरिएको छ । आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरेकी मन्त्री सोविता गौतमले समितिको अध्यक्ष आफैं रहने गरी उच्चस्तरीय समिति गठनको निर्णय गरेकी हुन् ।

समितिले प्रचलित कानूनहरूको पुनरावलोकन, संशोधन, खारेज र संहिताकरण गर्दै संविधानअनुसार आवश्यक नयाँ कानून निर्माणका लागि सिफारिस गर्नेछ ।

समितिमा विषयगत मन्त्रीहरू, महान्यायाधिवक्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रधानमन्त्री कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव र कानून मन्त्रालयका सचिव (सदस्य सचिव) सदस्य रहनेछन् ।

मन्त्रालयले यस अभियानमार्फत कानून सुधार प्रक्रियालाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाएर संविधानअनुकूल, जनमैत्री तथा समसामयिक कानूनी प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित खवर

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो...

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगले गर्यो प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगले गर्यो प्रतिवेदन प्रस्तुत

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । नेपालको संविधानको...

सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ : गगन थापा

सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ : गगन थापा

केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ, जो नेपाली कांग्रेस पार्टीसँग सम्बिन्धत...

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०८३ ले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन प्रधानमन्त्रीसँग...