काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।
सभाको बुधवारको बैठकमा सूचना तथा सञ्चारमन्त्रीले डा. विक्रम तिमिल्सिनाले राखेको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

