सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिसिभाबाट स्वीकृत

जस नेपाल

१४ असार २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिसिभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित गर्न ल्याइएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्तव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले जनतालाई शीघ्र परिणाम दिने लक्ष्यका साथ सार्वजनिक निकायबाट आह्वान हुने बोलपत्रलाई पारदर्शी र व्यवस्थित गर्न विधेयक ल्याइएको बताउँदै आयोजना समयमा सम्पन्न नगर्ने प्रवृत्तिलाई यसले निरुत्साहित गर्ने तर्क गरिन् ।

उनले पूर्वतयारीका साथ आयोजना सञ्चालन गर्ने, अति न्यून कबुल गर्न छुट दिँदा गुणस्तर खस्कने तथा समयमा आयोजना पूरा नहुने समस्या समाधान गर्न सहयोग हुने बताइन् ।

मन्त्री गौतमले आयोजनाका लागि निर्माण सामग्री नदिने, असहयोग र समन्वय नगर्ने निकाय र तहलाई कारवाही गर्ने व्यवस्था विधेयकमा गरिएको बताउँदै आयोजनाको जिम्मा लिएको पक्षले लिएको पेश्की रकम अन्यत्र प्रयोग गरेमा फौजदारी मुद्धामा कारबाही गरिने जनाए ।

छलफलमा सांसदहरू आशिष गजुरेल, युवराज दुलाल, बलावती शर्मा, विश्वराज पोखरेल, चन्द्रमोहन यादव, पारसमणि गेलालले भाग लिएका थिए ।

स्वीकृत लागत अनुमानभन्दा ३० प्रतिशत घटाएर बोलपत्र पेस गर्ने आवेदकलाई मूल्याङ्कनमा समावेश नगर्ने प्रस्तावको सांसदहरूले सराहना गरेका छन् ।

उनीहरुले बोलपत्रमा कबुल औसत अङ्क कायम गर्न र नेपाली निर्माण सामग्रीको प्रयोग, ठेक्का सकारेर बीचमा काम छाड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । केही सांसदले संसद् छलेर अध्यादेश जारी गरिएकामा त्यसप्रति विमति जनाएका थिए ।

सम्बन्धित खवर

पीडित परिवारसँग सरकारको तीन बुँदे प्रतिबद्धता,न्याय संकल्प समिति गठन गरिने 

पीडित परिवारसँग सरकारको तीन बुँदे प्रतिबद्धता,न्याय संकल्प समिति गठन गरिने 

काठमाडौँ । वारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ दसधुरीकीपीडितअवोध बालिका गरिमा चौधरीको...

रीतपूर्वक मागिएका सूचना दिन संसदीय समितिमा छलफल नगर्न सांसदहरूको जोड

रीतपूर्वक मागिएका सूचना दिन संसदीय समितिमा छलफल नगर्न सांसदहरूको जोड

काठमाडौँ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार...

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था...

५ वर्षमा ८० प्रतिशत जनतालाई ५० एमबिपिएस ‘ब्रोडब्यान्ड’ पुर्‍याउने लक्ष्यसहित नयाँ दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक 

५ वर्षमा ८० प्रतिशत जनतालाई ५० एमबिपिएस ‘ब्रोडब्यान्ड’ पुर्‍याउने लक्ष्यसहित नयाँ दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार...