चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

जस नेपाल

२५ असार २०८३

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बिहिबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ ।

बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ ।

समितिका सभापति कृष्णबहादुर रोकायले बिहिबार राष्ट्रियसभाको बैठकमा ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

अध्यादेशलाई प्रतिस्थापन गर्न जारी गरिएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ छन् ।

सम्बन्धित खवर

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...

वित्तीय यथार्थवाद : सार्वजनिक वित्तीय सुशासनसम्बन्धी न्यायशास्त्र

वित्तीय यथार्थवाद : सार्वजनिक वित्तीय सुशासनसम्बन्धी न्यायशास्त्र

काठमाडौं । गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा...

अख्तियारमा संसदीय अनुगमन : संवैधानिक स्वतन्त्रता र निरीक्षणको सीमा

अख्तियारमा संसदीय अनुगमन : संवैधानिक स्वतन्त्रता र निरीक्षणको सीमा

काठमाडौँ । केही दिनअघि सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र मोरङको निर्वाचन...

बालेन सरकारको १०० दिन : कुन कानून फेरिए ? के-के संशोधन भए ?

बालेन सरकारको १०० दिन : कुन कानून फेरिए ? के-के संशोधन भए ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पार गरेको छ । सरकारको १००...