गाडीको नम्बर प्लेट र यातायातसम्बन्धी कानून

२६ मंसिर २०८२

गाडीको नम्बर प्लेट र यातायातसम्बन्धी कानून

काठमाडौं । देशमा दिनानुदिन बढ्दो सडक दुर्घटना, कच्ची नम्बरमा महिनौँसम्म सवारी चलाउने चलन, नम्बर प्लेट लुकाएर ट्राफिक चक्मा दिने प्रवृत्ति र सवारी वर्ग अनुसार नम्बर प्लेट नमान्ने बेतिथिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को कडाइ अझ आवश्यक देखिएको छ।

सडकमा अनियन्त्रित रूपमा दौडिने मोटरसाइकलदेखि सरकारी प्लेट झुण्ड्याएका निजी गाडीहरू सम्मको अवस्थाले कानुनी व्यवस्थाको कडाइ र जनचेतना दुवै अपरिहार्य बनाएको छ।

२०८१  मा मात्रै देशभर २५ हजार७७१ वटा दुर्घटना दर्ता भएका थिए, जसमा ३८ हजार ७७४ वटा सवारी साधन संलग्न थिए। त्यसै क्रममा २ हजार २८९ जनाको ज्यान गयो । अर्थात: प्रत्येक दिन करिब ७ जनाको सवारी दुर्घटनामा परेर ज्यान जाने गरेको छ |

सवारीका प्रकार

नेपालमा सवारीको वर्गीकरण ऐनले  स्पष्ट रूपमा गरेको छ। अनुसूची-१ मा सवारीलाई तीन ठूला वर्गमा विभाजन गरिएको छ :

) ठूलो सवारी (ठूलो सवारी) दफा : बस, ट्रक, ट्र्याक्टर, दमकल, डोजर, लोडर, के्रन, रोलर आदि मोठा भार क्षमता भएका सवारीहरू ।

) मझौला सवारी दफा : मिनिबस, मिनिट्रक, जीप, पिकअप, भ्यान, ट्र्याक्टर, रोलर आदि ।

) साना सवारी  दफा : कार, जीप, भ्यान, पिकअप, मोटरसाइकल, स्कुटर, टेम्पो, पावर टिलर आदि ।

) सार्वजनिक सवारी दफा : यातायात सेवा संचालन गर्नदर्ताको प्रमाणपत्र प्राप्त सवारी ।

) पर्यटक सवारी दफा : बिदेशी प्रयटकलाई यातायात सेवा प्रदान गर्न दर्ता भएका सवारी साधन ।

) निजी सवारी दफा : निजी प्रयोगका लागि दर्ता भएका सवारी साधन ।

) सरकारी सवारी दफा : कुनै सरकारी कार्यालयको नाममा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त नेपाल सरकार ,प्रदेश सरकार वा स्थानिय तहको स्वामित्वमा भएको सवारी साधन ।

) संस्थानको सवारी दफा १० : नेपाल सरकारको पूर्ण ,अधिकांश वा आंसिक स्वामित्व भएको संगठित संस्थाको नाममा दर्ता भएको सवारी साधन ।

) कूटनीतिक सुबिधा प्राप्त सवारी दफा ११ : कूटनीतिक नियोग वा कूटनीतिक सुबिधा प्राप्त कार्यालय,योजना,निकाय वा  व्यक्तिको नाममा दर्ता भएको सवारी साधन ।

 

नम्बर प्लेटका प्रकार :अनुसूची : ऐनले (अनुसूची २) मा सवारीको प्रकारअनुसार नम्बर प्लेटको रङ, अक्षर र ढाँचा स्पष्ट तोकिदिएको छ।

() साधारण सवारी नम्बर प्लेट (भाग)

 ) सार्वजनिक (भाडाको) सवारी (दफा () : -कालो प्लेटमा सेतो अक्षर । बागमतीमा टेम्पोमाइक्रोबस – सेतो प्लेटमा कालो अक्षर ।

) पर्यटक सवारी (दफा () : -हरियो  प्लेटमा सेतो अक्षर ।

) निजी सवारी (दफा () : -रातो प्लेटमा सेतो अक्षर ।

) सरकारी सवारी (दफा () : -सेतो प्लेटमा रातो अक्षर सहितका प्लेट

) संगठित संस्थान वा संस्थानको सवारी : पहेलो प्लेटमा निलो अक्षर

) कूटनीतिक सवारी : -नीलो प्लेटमा सेतो अक्षर

() इम्बोस्ड नम्बर प्लेट (भाग) : सरकारले जारी गरेको इम्बोस्ड नम्बर प्लेट निर्देशिका अनुसार  RFID  चिपसहितका सुरक्षित प्लेट अनिवार्य छन्। अनुसूची (भाग) ले यस्तो प्लेटमा निम्न रंग  निर्दिष्ट गर्छ:

) सार्वजनिक (भाडाको)  सवारी : पहेंलो प्लेटमा कालो अक्षर

) पर्यटक सवारी : -पहेंलो प्लेटमा कालो अक्षर

) निजी (निजीस्वामित्व) सवारी : – सेतो  प्लेटमा कालो अक्षर

) सरकारी सवारी : -सेतो प्लेटमा रातो अक्षर

) संगठित संस्थान वा संस्थानको सवारी : सेतो  प्लेटमा रातो अक्षर

) कूटनीतिक सवारी : सेतो  प्लेटमा नीलो अक्षर

इम्बोस्ड प्लेटले ट्र्याकिङ, नक्कली नम्बर प्लेट नियन्त्रण, क्यामेरा आधारित निगरानी  (ANPR) र राजस्व चुहावट रोक्न मद्दत गर्छ।

 

कानुनी प्रावधान र सवारी तथा यातायात व्यवस्था नियमावली

 नेपालको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ अनुसार सबै सवारीसाधनमा अगाडि र पछाडि दुवैमा नम्बर प्लेट राख्नु अनिवार्य छ। नियमावलीले नम्बर प्लेटमा प्रयोग हुने अक्षर र अङ्कको निश्चित मोटाइ, र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीमा फरक-फरक आकारको प्रयोग कडाइपूर्वक तोकेको छ।

तर व्यवहारमा धेरै मोटरसाइकल चालकले साना प्लेट, मोडिएको प्लेट वा स्टिकर प्रकारको नम्बर प्लेट प्रयोग गर्ने गरेका छन्, जुन स्पष्ट रूपमा नियमको उल्लंघन हो। यस्तो अनियमितताले न केवल सडक सुरक्षा जोखिम बढाउँछ, तर सवारी पहिचान र कानुनी नियन्त्रणमा समेत चुनौती उत्पन्न गर्दछ।

नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार नम्बर प्लेट सम्बन्धी उल्लङ्घनहरू कडा कानुनी कारबाहीको दायरा भित्र पर्छ। ऐनका मुख्य प्रावधानहरू :

. दफा १२अन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने : कुनै एक प्रयोजनका लागि दर्ता भएका सवारी साधन अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने

.दफा १४७लापरवाहीपूर्वक सवारी चलाउनु : सवारीलाई लापरवाहीपूर्वक चलाउनु पूर्णरूपमा निषेध गरिएको छ। यस अन्तर्गत हेल्मेट नलगाउनु, ओभरस्पीड गर्नु, लेन नपाल्नु, वा असुरक्षित सवारी चलाउनु पर्ने दण्डनीय कार्यमा पर्दछ।

.दफा १६ १४दर्ता तथा प्रमाणपत्र नवीकरण  : दर्ता नगरी सवारी चलाएमा, ब्लु-बुक नवीकरण नगरेमा वा अवैध नम्बर प्लेट प्रयोग गरेमा ट्राफिक प्रहरीले सवारी नियन्त्रण गर्न वा जरिवाना लगाउन सक्ने कानुनी अधिकार राखेको छ।

.दफा १६०दण्ड सजाय  : दर्ता प्रमाणपत्रमा उल्लेख नभएको वास्तविक नम्बर वा नम्बर प्लेट राखेर सवारी चलाउने वा चलाउन लगाउनेलाई, अधिकृत व्यक्तिले छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। साथै यस्तो सवारी जफत पनि गर्न सकिन्छ ।

हालका वर्षहरूमा (२०७८ देखि २०८१) नेपालमा सवारी दुर्घटनामा २-पाङ्ग्रे मोटरसाइकल र स्कुटरको हिस्सा झण्डै ५८.३८ प्रतिशत पुगेको तथ्याङ्कले देखाउँछ। दुर्घटनामा मुख्य योगदान दिने व्यवहारिक चुनौतीहरूमा चालक वा यात्रुले हेल्मेट नलगाउनु, ओभरस्पीड गर्नु, लेन पालना नगर्नु, र राति नम्बर प्लेट अस्पष्ट वा नदेखिने अवस्थामा हुनु पर्दछन्।

साथै, निजी सवारीले सरकारी वा सार्वजनिक प्लेटको रङ प्रयोग गर्नु, कच्ची नम्बर प्लेट लामो समयसम्म चलाउनु, र इम्बोस्ड नम्बर प्लेट नजडान गरी फरक ढाँचामा प्रयोग गर्नु पनि सामान्य समस्या बनेको छ। यी सबै अनियमितताले सडक सुरक्षा खतरामा पार्ने मात्र होइन, नम्बर प्लेट नियमको प्रभावकारी कार्यान्वयनमा समेत ठूलो चुनौती उत्पन्न गर्दछ।

नम्बर प्लेट मात्र “कागजको कुरा” होइन; यसले तीनवटा महत्वपूर्ण पक्ष सुनिश्चित गर्छ:

 .पहिचान (Identification) : दुर्घटना वा अपराधिक घटना भएमा सवारी छिटो र सजिलै पहिचान गर्न सकिन्छ।

.जिम्मेवारी (Accountability) : चालक, मालिक, र राज्य तीनै पक्षले दायित्व पूरा गर्ने सुनिश्चित हुन्छ।

.सुरक्षा (Safety) : असुरक्षित सवारी, नक्कली प्लेट, वा गलत दर्ता प्रयोगले हुने दुर्घटना र ज्यानको क्षति कम गर्न मद्दत पुग्छ।

सम्बन्धित खवर

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । संसारले गएको शुक्रबार (मे २९ मा) अन्तरराष्ट्रिय सगरमाथा दिवस मनायो । सन्‌...

जफत गरिएका सवारीसाधन कहिले फिर्ता हुन्छ ? कानूनले के भन्छ ?

जफत गरिएका सवारीसाधन कहिले फिर्ता हुन्छ ? कानूनले के भन्छ ?

काठमाडौँ । नेपालका विभिन्न जिल्लाका प्रहरी कार्यालय, ट्राफिक चेकपोस्ट र अदालत परिसरमा पुग्दा एउटा...

सेतो नम्बर प्लेटको ‘स्पेशल प्रिभिलेज’ : सरकारी बिदामा पनि गाडी कुदाउन मिल्छ कि मिल्दैन ?

सेतो नम्बर प्लेटको ‘स्पेशल प्रिभिलेज’ : सरकारी बिदामा पनि गाडी कुदाउन मिल्छ कि मिल्दैन ?

काठमाडौँ । शनिबार, दशैं-तिहारको बिदा, वा अन्य सार्वजनिक बिदाको दिन सडकमा ट्राफिक निकै कम...

गाडीका रंगी बिरंगी विज्ञापन प्रहरीले झिक्न थाल्यो, के छ कानूनी आधार  ?

गाडीका रंगी बिरंगी विज्ञापन प्रहरीले झिक्न थाल्यो, के छ कानूनी आधार  ?

काठमाडौँ  । तपाईंले दैनिक  रुपमा सार्वजिनक सवारी साधन चढ्दा सिटमाथि, ढोकामा वा झ्यालमा टाँसिएका...