जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : प्रहरी महानिरीक्षक

१५ पुष २०८२

जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् ।

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्र फिर्ता आउन बाँकी रहेको बताए । आम नागरिकको सहयोगका कारण धेरै हतियार फिर्ता भइसकेको उनले बताए ।

नागरिकले आफ्ना असन्तुष्टिलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको कार्कीले बताए । उनले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकमा शान्ति सुरक्षा कायम हुने बताउँदै नागरिकको भावनाअनुसारको काम गर्र्न प्रहरीलाई निर्देशन दिए । सभ्य समाज निर्माणका लागि नागरिक र प्रहरीबीच सहकार्य जरुरी रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको कोटश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनःनिर्माण गरी मंगलबार प्रहरीलाई हस्तान्तरण गरिएको हो । स्थानीयबासी एवं सरोकारवालाले समिति नै बनाएर भवन पुनःनिर्माण गरेका थिए ।

सम्बन्धित खवर

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा विभिन्न निकायको संयुक्त अनुगमन टोलीले न्यु फेमिली...

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

गण्डकी । कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।...

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मौरिसस लैजाने भन्दै लामो...

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प ट्युबवेल (चापाकल) खरिद र...