‘वर्क परमिट’का नाममा बेलायतमा नेपालीलाई ठगी, सचेत रहन दूतावासको आग्रह

२१ पुष २०८२

‘वर्क परमिट’का नाममा बेलायतमा नेपालीलाई ठगी, सचेत रहन दूतावासको आग्रह

काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । “ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए। समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ

याे पनि :

रविको रिहाइ : ‘लम्पसारवाद’ वा नयाँ सिद्धान्त ?

सम्बन्धित खवर

प्रतिनिधि सभा : सरेको सर्‍यै, सरेको सर्‍यै…

प्रतिनिधि सभा : सरेको सर्‍यै, सरेको सर्‍यै…

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि नबस्ने भएको छ । विशेष कारण देखाउँदै...

लुम्बिनीमा लागुऔषध कारोबार भयावह, बाँके, बर्दिया र रुपन्देही ‘हटस्पट’

लुम्बिनीमा लागुऔषध कारोबार भयावह, बाँके, बर्दिया र रुपन्देही ‘हटस्पट’

लुम्बिनी । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले...

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रियरअन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितको न्यायमा...

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका...