कुकुरले किन टोक्छ ? भारतको सर्वोच्च अदालतले भन्यो – डराएपछि टोकिहाल्छ नि !

२४ पुष २०८२

कुकुरले किन टोक्छ ? भारतको सर्वोच्च अदालतले भन्यो – डराएपछि टोकिहाल्छ नि !

दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार एउटा महत्त्वपूर्ण टिप्पणी गर्दै कुकुरले आफूसँग डराउने मानिसलाई सधैँ चिन्न सक्ने र डरको सुइँको पाएपछि आक्रमण गर्ने बताएको छ ।

न्यायाधीशहरू विक्रम नाथ, सन्दीप मेहता र एन.भी. अन्जारियाको इजलासले देशमा बढ्दै गएको भुस्याहा कुकुरको टोकाइका घटनाहरूसँग सम्बन्धित एक ‘सुओमोटो’ मुद्दाको सुनुवाइ गर्दै यस्तो धारणा व्यक्त गरेको हो ।

इजलासले भनेको छ, ‘कुकुरले आफूसँग डराउने मानिसलाई सधैँ सुँघेर थाहा पाउन सक्छ। जब उसले कसैलाई डराएको महसुस गर्छ, तब उसले आक्रमण गर्छ। हामी यो कुरा व्यक्तिगत अनुभवका आधारमा भनिरहेका छौँ ।’

सुनुवाइको क्रममा अदालतमा उपस्थित एक कुकुर प्रेमीले असहमति जनाउँदै टाउको हल्लाएपछि अदालतले उनलाई सचेत गराउँदै भन्यो, ‘महोदय, टाउको हल्लाएर असहमति नजनाउनुहोस् । यदि कुकुरलाई तपाईं डराउनुभएको छ भन्ने थाहा भयो भने उसले आक्रमण गर्ने सम्भावना धेरै हुन्छ । तपाईंको घरपालुवा कुकुरले समेत यस्तै गर्छ ।’

सर्वोच्च अदालतले देशका विभिन्न भागमा कुकुरको टोकाइबाट मानिसहरूको मृत्यु भएको र घाइते भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इजलासले नगरपालिकाहरू र स्थानीय निकायहरूलाई ‘एनिमल बर्थ कन्ट्रोल’ नियमहरू प्रभावकारी रूपमा लागू गर्न नसकेकोमा प्रश्न उठाएको छ ।

अदालतले थप जोड दिँदै भन्यो कि कुकुरले कहिले आक्रामक व्यवहार गर्छ भन्ने कुरा कसैले अनुमान गर्न सक्दैन, त्यसैले उपचारभन्दा रोकथाम नै उत्तम उपाय हो । यसअघि अदालतले विद्यालय, अस्पताल र रेलवे स्टेशनजस्ता सार्वजनिक स्थलहरूबाट भुस्याहा कुकुरहरू हटाउन र उनीहरूलाई व्यवस्थित आश्रयस्थलमा राख्न निर्देशन दिइसकेको छ । (बारएण्डबेञ्चबाट)

यो पनि :

वकीललाई अदालतमै भुस्याहा कुकुरले टोकेपछि…

नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…

सम्बन्धित खवर

सुस्तामा भारतीय एसएसबीकाे प्रवेशले उब्जाएको प्रश्न !

सुस्तामा भारतीय एसएसबीकाे प्रवेशले उब्जाएको प्रश्न !

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा शुक्रबार भारतीय सशस्त्र सीमा...

काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस

काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने ३८ जलविद्युत्...

विश्व बालश्रमविरुद्ध दिवस : बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

विश्व बालश्रमविरुद्ध दिवस : बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौँ । बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने...

‘राइड सेयरिङ’का लागि छुट्टै कानून बन्दै

‘राइड सेयरिङ’का लागि छुट्टै कानून बन्दै

काठमाडौँ । नेपालमा राइड सेयरिङ व्यवसाय सुरु भएको झण्डै एक दशकपछि यस क्षेत्रलाई कानुनी...