‘बाघको ट्रेडमार्क दाबी गर्न मिल्दैन’

२८ पुष २०८२

‘बाघको ट्रेडमार्क दाबी गर्न मिल्दैन’

भारत । भारतको दिल्ली उच्च अदालत (हाइकोर्ट) ले बाघको ट्रेडमार्क दावी गर्न परेको निषेधाज्ञा रिट खारेज गर्दै ‘बाघमाथि ट्रेडमार्क दावी गर्न नमिल्ने’ निर्णय सुनाएको छ । ‘टाइगर’ र ‘ब्राण्ड’ सामान्य शब्द भएकाले यी शब्दमाथि विशेष स्वामित्व राख्ने हक नभएको अदालतले जनाएको हो ।

जनवरी ९ मा न्यायाधीश तेजस करियाको इजलासले गरेको फैसलामा महावीर उद्योगका मालिक तथा वादी मयङ्क जैनद्वारा अतुल्य डिस्क प्राइभेट लिमिटेड र अन्य प्रतिवादीविरुद्ध दायर निषेधाज्ञा याचिका खारेज गरिदिएको हो । सो मुद्दा खेतीपाती गर्ने औजारसँग जोडिएको ट्रेडमार्क उल्लङ्घनबारेको थियो ।

‘वयान र अन्य पक्षको दलीलमाथि विचार गरेपश्चात वादीको टाइगर र ब्राण्ड चिह्नमाथि कुनै विशेष स्वामित्व नभएको ठहर्छ । किन कि यो सामान्य प्रकृतिको हो र व्यापारमा यी नाम सामान्य हुन्’ अदालतको फैसलामा लेखिएको छ ।

सन्‌ १९९७ मा स्थापित महावीर उद्योग एक व्यापारिक फर्म हो, जसले कृषि उपकरण उत्पादन र बिक्री गर्ने गर्छ । सन्‌ २०१० मा ‘टाइगर गोल्ड ब्राण्ड’ नाममा यसले आफ्ना उत्पादन बजारमा पठाइरहेको थियो । उक्त चिह्न दर्ता गर्न उक्त फर्मले २०२२ जुनमा निवेदन दिएको थियो । फेब्रुअरी २०२३ मा कम्पनीले माग गरेबमोजिम उक्त चिह्न दर्ता भएको थियो ।

तर, ‘टाइगर प्रिमियम ब्राण्ड’ का नाममा अतुल्य डिस्कले उस्तै कृषि उपकरण बेचिरहेको थाहा पाएपछि महावीर उद्योग अदालत पुगेको थियो ।

सम्बन्धित खवर

भ्रष्टाचार नियन्त्रणमा नेपाल मध्यमभन्दा कमजोर, सबैभन्दा बलियो डेनमार्क

भ्रष्टाचार नियन्त्रणमा नेपाल मध्यमभन्दा कमजोर, सबैभन्दा बलियो डेनमार्क

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले...

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौता : नक्सामा जम्मु–कश्मीर भारतको, पाकिस्तानलाई कूटनीतिक झट्का

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौता : नक्सामा जम्मु–कश्मीर भारतको, पाकिस्तानलाई कूटनीतिक झट्का

काठमाडौँ । अमेरिका र भारतले गत शुक्रबार अन्तरिम व्यापार सम्झौताको ढाँचा सार्वजनिक गरेका छन्...

जब ठगहरुले देशलाई दुःख दिन्छन्…

जब ठगहरुले देशलाई दुःख दिन्छन्…

काठमाडौं । सन् २०१८ मा भारतमा एउटा ऐतिहासिक चलचित्र बन्यो, जसको नाम हो– ठग्स...

सर्वोच्च अदालतमा मुख्यमन्त्री बनर्जीले भनिन्- म एक बँधुवा मजदुर हुँ, सर !

सर्वोच्च अदालतमा मुख्यमन्त्री बनर्जीले भनिन्- म एक बँधुवा मजदुर हुँ, सर !

नयाँ दिल्ली । पश्चिम बंगालमा विधानसभाको चुनाव आउन करीव दुई महिना बाँकी छ ।...