श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

७ माघ २०८२

श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रमेशलाई बुधवार मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिए । पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोवाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ ।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...