तोकिएन संवैधानिक इजलास, तीन न्यायाधीश अनुपस्थित

जस नेपाल

६ जेठ २०८३

तोकिएन संवैधानिक इजलास, तीन न्यायाधीश अनुपस्थित

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबार र शुक्रबार हप्ताको दुईचोटि संवैधानिक इजलास बस्दै आएकोमा आज संवैधानिक इजलास नतोकी दैनिक पेसी सूची सार्वजनिक गरिएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले न्यायाधीश श्रीकान्त पौडेलसँग पूर्ण इजलासमा बेञ्च सेयर गरेका छन् । यो इजलासमा ३८ वटा मुद्दाहरु सूचीमा चढाइएको छ ।

बुधबारको दैनिक पेशी सूचीमा तीनजना न्यायाधीश भने अनुपस्थित देखिएका छन् ।

इजलासमा अनुपस्थित देखिएका तीन न्यायाधीशहरुमा सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी र न्यायायधीश तिलप्रसाद श्रेष्ठ रहेका छन् ।

मंगलबार देशको ३३ औं प्रधानन्यायाधीश बनेपछि आज पहिलो दिन डा. मनोज कुमार शर्माको नेतृत्वमा दैनिक पेशी सूची सार्वजनिक भई इजलास बसेको हो ।

डा. नहकुल सुवेदी म‌ंगलबार साँझ प्रधान न्यायाधीश शर्माको स्वागतमा अदालतमा सहभागी थिए ।

त्यसैगरी  न्यायाधीश सपना प्रधान मल्ल भने विदामा बसेकी छन् ।

बुधबार इजलास नताेकिएका न्यायाधीश तिलप्रसाद शर्मा पनि यसअघि प्रधानन्यायाधीशको सूचीमा परेर चर्चामा आएका न्यायाधीश हुन् ।

यो पनि-

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...