सडकपेटी आश्रित दृष्टिविहीनद्वारा प्रदर्शन, नगरप्रहरीले ‘दमन’ गरेको गुनासो

जस नेपाल

८ असार २०८३

सडकपेटी आश्रित दृष्टिविहीनद्वारा प्रदर्शन, नगरप्रहरीले ‘दमन’ गरेको गुनासो

काठमाडौँ । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे ।

नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए । राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

राज्यले आफुहरुलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

सम्बन्धित खवर

गृहमन्त्री मगाएकाे अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार

गृहमन्त्री मगाएकाे अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार

चितवन । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि...

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान...

गृहमन्त्री गुरुङविरुद्ध उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

गृहमन्त्री गुरुङविरुद्ध उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । हिरासत...

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

काठमाडौँ । रुकुम पश्चिममा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएकाे...