सम्पदास्थलको जग्गा विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन

जस नेपाल

९ असार २०८३

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ स्तुप क्षेत्र र स्वयम्भूनाथ क्षेत्रमा गुठी संस्थान र सम्बन्धित सम्पदास्थलमा रहेका कोष एवं समितिबीच जग्गा स्वामित्व विवाद रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनको कार्यमूलक लेखापरीक्षण खण्डमा उल्लेख छ ।

गुठी संस्थान ऐन, प्राचीन स्मारक संरक्षण ऐन तथा सम्बन्धित क्षेत्र विकास समितिको ऐन, नियमबीच सामाञ्जस्यता कायम गरी मूर्त तथा अमूर्त सम्पदाको स्वामित्व किटान गरी सोको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको हो ।

संस्थानले काठमाडौँमा एक हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ समेत उपत्यकाभित्र दुई हजार १३ अमूर्त सम्पदाअन्तर्गत रहेका जात्रा, पर्व र पूजापाठ सञ्चालन गुठीको आम्दानीबाट गर्ने गरेको छ । स्थानीय तह र सम्बन्धित हेरचाह अड्डा, कोष तथा विकास समितिले समेत यी सम्पदा सञ्चालनमा योगदान गर्दै आएका छन् ।

देशभर ७१७ मठ, मन्दिरलगायतका सम्पदाको जात्रा, पर्व र पूजापाठका लागि उपत्यकाभित्रका एक हजार ११२ समेत ६८ जिल्लामा दुई हजार ८२ राजगुठीअन्तर्गत पहाडी क्षेत्रमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराई क्षेत्रमा ६६ हजार ३३० बिघा गुठी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खवर

गृहमन्त्री मगाएकाे अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार

गृहमन्त्री मगाएकाे अमलेटमा माछाको काँडा भेटिएपछि होटल सञ्चालकमाथि केरकार

चितवन । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि...

गृहमन्त्री गुरुङविरुद्ध उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

गृहमन्त्री गुरुङविरुद्ध उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । हिरासत...

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

काठमाडौँ । रुकुम पश्चिममा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएकाे...

सडकपेटी आश्रित दृष्टिविहीनद्वारा प्रदर्शन, नगरप्रहरीले ‘दमन’ गरेको गुनासो

सडकपेटी आश्रित दृष्टिविहीनद्वारा प्रदर्शन, नगरप्रहरीले ‘दमन’ गरेको गुनासो

काठमाडौँ । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरले सडकपेटी,...