सशस्त्र प्रहरी थमन विकको हत्या आरोपी एमालेका पूर्वसांसद कोइरी पक्राउ

जस नेपाल

१९ असार २०८३

सशस्त्र प्रहरी थमन विकको हत्या आरोपी एमालेका पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उच्च अदालत जनकपुरबाट सजाय ठहर भएपछि प्रहरीले बिहीबार उनलाई महोत्तरीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कोइरीलाई गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले अदालतको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको बताए ।

सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको २०७२ भदौ २५ गते भएको हत्या घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले बुधबार कोइरीलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै सजाय निर्धारण गरेपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

काठमाडौँ । वकील बन्न पक्कै पनि सजिलो छैन । वर्षौँसम्म कानूनका किताब पढेर, आवश्यक...

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

काठमाडौँ । नेपालका अदालत र न्यायिक निकायले विभिन्न अभियोगमा दोषी ठहर भएकाहरूलाई दण्डजरिवाना तोक्ने...

अर्थमन्त्रीले नकारे संसदीय छानबिन, भने – संसद्‌ सस्तो भयो ?

अर्थमन्त्रीले नकारे संसदीय छानबिन, भने – संसद्‌ सस्तो भयो ?

काठमाडौँ । आर्थिक विधेयक तोडमोड गरी करका दर हेरफेर गरेको आरोप खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम...