पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : चार प्रतिवादीलाई थुना माग गर्दै सर्वोच्च पुग्यो अख्तियार

जस नेपाल

२३ असार २०८३

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : चार प्रतिवादीलाई थुना माग गर्दै सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको आदेश बदर माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको आदेशबाट छुटेका चार प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सर्वोच्च अदालतमा निवेदन गरेको हो ।

भ्रष्टाचारमा संलग्न भनिएका प्रतिवादीमध्ये नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक पुण्यराज शाक्य, ठेकेदार चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि रविन रिजाल, प्राधिकरणका तत्कालीन महानिर्देशक रतीश चन्द्रलाल सुमन, तत्कालीन उपमहानिर्देशक रोशन चित्रकार, हरिबहादुर खड्का र भीमप्रसाद आचार्यलाई थुनामा राखी पुर्पक्ष गरी पाउन माग राख्दै आयोग सर्वोच्चमा पुगेको हो ।

आरोपितहरूलाई विशेष अदालतले साधारण तारेख र न्यून धरौटीमा छाड्ने आदेश दिएको थियो । आठ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार भएको भनिएको मुद्दामा विशेषले आरोपितहरूलाई अधिकतम २५ लाख रुपैयाँ धरौटीमा छाडिदिएको थियो ।

सम्बन्धित खवर

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

काठमाडौँ । वकील बन्न पक्कै पनि सजिलो छैन । वर्षौँसम्म कानूनका किताब पढेर, आवश्यक...

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...