सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

जस नेपाल

३० असार २०८३

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना केवल सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । 

न्यायाधीशद्वय मा.न्या. श्री शारङ्गा सुवेदी र मा.न्या. श्री नृपध्वज निरौलाको संयुक्त इजलासले आज असार ३० गते उत्प्रेषण आदेश जारी गर्दै चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गरेको सचिवस्तरीय निर्णय खारेज गरेको हो ।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले दायर गरेको रिटमा अदालतले निजी मिडियालाई विज्ञापनबाट वञ्चित गर्ने निर्णय संविधानविपरीत रहेको ठहर गरेको छ ।

सरकारको निर्णय यस्तो थियो-

सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा मिडिया सोसाइटीले मुख्य रूपमा निम्न माग गरेका थिए :

  • सरकारको निर्णय तत्काल बदर गरियोस् ।
  • विज्ञापन ऐनअनुसार समानुपातिक विज्ञापनको अधिकार कायम गरियोस् ।
  • मिडियालाई नाकाबन्दी मार्फत सिध्याउने प्रयास रोकियोस् ।
  • भेदभावपूर्ण कार्टेलिङ गर्न पाइँदैन ।
  • विज्ञापन बोर्डको अधिकार खोस्न पाइँदैन ।
  • प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न पाइँदैन ।

अधिवक्ताहरू शतिसकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी लगायतले दुई दिन लामो बहसमा अन्तर्राष्ट्रिय नजिरसमेत पेश गर्दै मिडियालाई कमजोर बनाउने सरकारी नीति खारेज गर्न माग गरेका थिए ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कँडेल र नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासैनीले रकम चुहावट रोक्ने उद्देश्य रहेको जिकिर गरेका थिए  ।

 

सम्बन्धित खवर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका...

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै सम्पत्ति जाँचबुझ आयोगले सूचना जारी गरेपछि...

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

माननीय न्यायाधीश ईश्वर प्रसाद खतिवडाज्यूले व्यक्त गर्नुभएका कुराहरु मैले सुन्ने अवसर पाएँ, संविधान संशोधनको...

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा...