मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

जस नेपाल

३० असार २०८३

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले मंगलबार झालाई कसुरदार ठहर गरेको हो ।

जबरजस्ती करणी अभियोगमा पक्राउ परेका झाले पीडित महिला (२६ परिसर) विरुद्ध आपराधिक लाभसम्बन्धी दायर गरेको मुद्दामा भने जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भनेको छ ।

गत वर्ष साउनमा एक नाबालिक किशाेरीले आफूमाथि बलात्कार भएको भन्दै झाविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

कसुरदार ठहर भएका झालाई कति सजाय निर्धारणका लागि बिहीबार पेशी  ताेकिएकाे छ ।

अभियुक्त झा मधेस प्रदेशका पूर्वप्रमुख एवं कानून व्यवसायीसमेत हुन् ।

पीडितकाे पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारी र प्रतिवादीका तर्फबाट नेपाल बारका एशाेसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रसहित १२ जना कानून व्यवसायीले बहस गरेका थिए ।

आदेश पनि हेर्नुहाेस् :

सम्बन्धित खवर

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै सम्पत्ति जाँचबुझ आयोगले सूचना जारी गरेपछि...

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना केवल सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण...

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

माननीय न्यायाधीश ईश्वर प्रसाद खतिवडाज्यूले व्यक्त गर्नुभएका कुराहरु मैले सुन्ने अवसर पाएँ, संविधान संशोधनको...

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा...