दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

जस नेपाल

१ साउन २०८३

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र दायर गरेको छ। पूर्व गृहमन्त्री विष्णुप्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनी गरी जम्मा १६ जना प्रतिवादी रहेको यो मुद्दामा प्रतिवादी दीपक भट्ट लगायतले गैरकानुनी सम्पत्ति लुकाउन र छल्न वातावरण बनाइदिएको आरोप छ ।

विशेष अदालतबाट जारी सूचनाअनुसार मुद्दा नम्बर ०८२-CR-०१७९ अन्तर्गत दायर गरिएको पुरक आरोपपत्रमा विष्णुप्रसाद पौडेलको हकमा बिगो रु. २० करोड ९० लाख कायम गरिएको छ । साथै निजको ऐभरेष्ट बैंक लिमिटेडको खातामा रहेको  ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा जफत गर्न माग दाबी गरिएको छ ।

अदालतका अनुसार, प्रतिवादी दीपक भट्ट लगायतले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण गरेको कसुरमा मतियारको भूमिका खेलेको आरोप छ । यसअघि दर्ता भएको उक्त मुद्दामा थप अनुसन्धान गरी आज पुरक आरोपपत्र दायर गरिएको हो ।

हेर्नुहोस् आदेश –

सम्बन्धित खवर

अभियोजनकर्ताले छुट नमागे पनि अदालतले विचार गर्न सक्ने सर्वोच्चको व्याख्या (आदेशसहित) 

अभियोजनकर्ताले छुट नमागे पनि अदालतले विचार गर्न सक्ने सर्वोच्चको व्याख्या (आदेशसहित) 

काठमाडौँ । सर्वोच्च अदालतकाे पूर्ण इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ४७ लाई...

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा...

सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन आयोगको काम, पूर्ण इजलासमा जाने(आदेशसहित)

सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन आयोगको काम, पूर्ण इजलासमा जाने(आदेशसहित)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले भ्रष्टाचारविरुद्धको  अभियान भनेर ल्याएको सम्पत्ति छानबिन आयोग, २०८३...

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर दुई वर्षदेखि कारागारमा रहेका बेचन झा...