पूर्व एसएसपीकाे जग्गा घिताे राखेर चार कराेड ऋण, तीन जना पक्राउ

जस नेपाल

७ साउन २०८३

पूर्व एसएसपीकाे जग्गा घिताे राखेर चार कराेड ऋण, तीन जना पक्राउ

जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले धितोमा रहेको आफ्नो जग्गा पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिइएको भन्दै ठगीमा परेको उजुरी दिएका छन् ।

साहका अनुसार उनले २०७९ सालमा ९९ लाख रुपैयाँ ऋण लिँदा पत्नीको नाममा रहेको धनुषाको विदेह नगरपालिका–६ स्थित जग्गा दृष्टिबन्धक राखेका थिए । तर आफूलाई जानकारी नै नदिई सोही जग्गा पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिइएको थाहा पाएपछि धनुषा प्रहरीमा उजुरी दिएका हुन् ।

उनको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको आरोपमा स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ ।

सम्बन्धित खवर

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरिएका र ध्वनि...

दिपक भट्टसँग नाम जोडिएका नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ

दिपक भट्टसँग नाम जोडिएका नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका...

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

भद्रपुर । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये...

गत आर्थिक वर्षमा कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

गत आर्थिक वर्षमा कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

कैलाली । कैलालीमा गत आर्थिक वर्ष २०८२/ ८३ मा विभिन्न प्रकृतिका एक हजार नौ...