शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

जस नेपाल

८ साउन २०८३

शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौँ  । उच्च अदालत पाटनले जगदम्बा स्टिल लिमिटेडका सञ्चालक शंकरलाल अग्रवाललाई बैंक कर्जा दुरुपयोग मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले कर्जा रकमलाई व्यावसायिक प्रयोजनबाहेक जग्गा खरिद र शेयर लगानीमा घुमाएर प्रयोग गरेको ठहर गर्दै नख्खु कारागार पठाएको हो ।

 बिहिबार अदालतले जारी गरेकाे आदेशमा  उल्लेख गरिएअनुसार जगदम्बा स्टिलको खाता सञ्चालन गर्ने परिवारका सदस्यहरूले वर्किङ क्यापिटल लोन लिई अन्यत्र दुरुपयोग गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कसुर गरेको देखिन्छ । कर्जाको रकम लेयरिङ (तहगत घुमाउ) मार्फत जटिल बनाइएको र वित्तीय प्रणालीलाई नै जोखिममा पारिएको भन्दै मुद्दाको किनारा नलागेसम्म थुनामै राख्नुपर्ने फैसला गरेको छ ।

जगदम्बा स्टिलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा रहेको कन्सोरियमबाट चालु पुँजी कर्जा लिएको थियो । तर, उक्त रकम उद्योग सञ्चालनमा नलगाई सहप्रतिवादी दीपक भट्टको नाममा जग्गा खरिद गर्न र भट्टकै इन्फिनिटी होल्डिङ्स प्रालिको शेयर किन्न प्रयोग गरिएको नेपाल राष्ट्र बैंकको विशेष निरीक्षण प्रतिवेदनले देखाएको छ ।

यो पनि –

सम्बन्धित खवर

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मानमा झापा बार एसोसिएसनले...

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित...

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

काठमाडौं । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका...

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार १४ जना न्यायाधीशको इजलासबाट २१५ वटा मुद्दाको पेसी तोकिएकोमा...