प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

जस नेपाल

१३ साउन २०८३

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तहरूमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारस्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी गराए ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्षले घुस मागेपछि…

गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्षले घुस मागेपछि…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र...

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव...

उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी

उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी

वीरगञ्ज । उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ । आर्थिक...

मापदण्ड नबनेसम्म अदालतको लाइभ प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश

मापदण्ड नबनेसम्म अदालतको लाइभ प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । अदालतका सुनुवाइमा पारदर्शिताको नाममा बिना मापदण्ड हुने प्रत्यक्ष प्रसारणले पक्ष, अधिवक्ता र...