ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

जस नेपाल

१९ साउन २०८३

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

काठमाडौँ । इरानले अमेरिकासँग शान्ति वार्ता भइरहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेको छ ।

ट्रम्पले सोमबारदेखि इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले नयाँ चरणको वार्ता सुरु हुने भन्दै त्यसकै लागि इरानमाथि गर्ने भनिएको ‘ठूलो’ सैन्य आक्रमण स्थगित गरेको बताएका थिए । तर, इरानले आफू अमेरिकासँग कुनै वार्तामा नरहेको र तत्काल वार्ता गर्ने योजना पनि नभएको स्पष्ट पारेको छ ।

इरानले अमेरिकासँग वार्ता नभएको दाबी गरेपछि ट्रम्पले इरानी नेतृत्वको आलोचना गर्दै वार्ता भइरहेको भन्ने कुरामा अडान लिइराखेका छन् ।

यसैबीच, ट्रम्पको वार्ताको घोषणापछि एसियाली बजारमा तेलको मूल्य घटेको छ । विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा एलएनजी आवतजावत हुने होर्मुज जलमार्गमा तनाव बढेसँगै पछिल्लो समय विश्वव्यापी ऊर्जा बजार प्रभावित हुँदै आएको छ ।

सम्बन्धित खवर

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अनुमान...

निर्मल पुर्जाको विरासत !

निर्मल पुर्जाको विरासत !

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी आरोहण दलका सबै १० सदस्यको मृत्यु भयो, जसमध्ये छ...

‘लिभिङ टुगेदर’मा पनि विवाहित सरह कानून आकर्षित हुने भारतीय सर्वोच्च अदालतको व्याख्या

‘लिभिङ टुगेदर’मा पनि विवाहित सरह कानून आकर्षित हुने भारतीय सर्वोच्च अदालतको व्याख्या

भारतीय सर्वोच्च अदालतले सोमबार ठहर गरे अनुसार लिभिङ सम्बन्धमा रहेको पुरुषले महिलालाई क्रूरतापूर्ण व्यवहार...

सोमबारदेखि अमेरिका-इरान वार्ता सुरु हुँदै

सोमबारदेखि अमेरिका-इरान वार्ता सुरु हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता सोमबार (नेपाली समयअनुसार आज...