कुन चुनाव क्षेत्रमा कति लाख खर्च गर्न पाइन्छ ? (सूचीसहित)

१५ पुष २०८२

कुन चुनाव क्षेत्रमा कति लाख खर्च गर्न पाइन्छ ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । निर्वाचन क्षेत्रको भौगोलिक अवस्था अनुसार खर्चको सीमा फरक–फरक तोकिएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार सुगम जिल्लाका निर्वाचन क्षेत्रमा एकजना उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छ भने भौगोलिक हिसाबले दुर्गम जिल्लामा रहेका निर्वाचन क्षेत्रहरुमा ३३ लाखसम्म खर्च गर्न पाइने छ ।

आयोगका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ ।

त्यसरी खर्च गर्दा उम्मेदवारका तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकेर उक्त व्यक्तिको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश वा  निर्वाचन कार्यालयमा पठाउनुपर्ने छ ।

उम्मेदवारहहरुले आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न भनिएको छ ।

राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

चुनाव सकिएपछि ३५ दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले प्रदेश / जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले भनेको छ ।

त्यसैगरी राजनीतिक दल वा उम्मेदवारले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी र खर्चको विवरण सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक गर्न समेत आयोगले निर्देशन दिएको छ ।

आयोगले गत असोज २१ गते राजपत्रमा प्रकाशित मापदण्ड अनुसार खर्चको अधिकतम सीमा तोकेको हो ।

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

हेर्नुहोस् खर्चको सीमा–

सम्बन्धित खवर

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...