कुन चुनाव क्षेत्रमा कति लाख खर्च गर्न पाइन्छ ? (सूचीसहित)

१५ पुष २०८२

कुन चुनाव क्षेत्रमा कति लाख खर्च गर्न पाइन्छ ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । निर्वाचन क्षेत्रको भौगोलिक अवस्था अनुसार खर्चको सीमा फरक–फरक तोकिएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार सुगम जिल्लाका निर्वाचन क्षेत्रमा एकजना उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छ भने भौगोलिक हिसाबले दुर्गम जिल्लामा रहेका निर्वाचन क्षेत्रहरुमा ३३ लाखसम्म खर्च गर्न पाइने छ ।

आयोगका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ ।

त्यसरी खर्च गर्दा उम्मेदवारका तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकेर उक्त व्यक्तिको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश वा  निर्वाचन कार्यालयमा पठाउनुपर्ने छ ।

उम्मेदवारहहरुले आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न भनिएको छ ।

राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

चुनाव सकिएपछि ३५ दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले प्रदेश / जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले भनेको छ ।

त्यसैगरी राजनीतिक दल वा उम्मेदवारले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी र खर्चको विवरण सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक गर्न समेत आयोगले निर्देशन दिएको छ ।

आयोगले गत असोज २१ गते राजपत्रमा प्रकाशित मापदण्ड अनुसार खर्चको अधिकतम सीमा तोकेको हो ।

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

हेर्नुहोस् खर्चको सीमा–

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...