बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ, भदौ २४ मा नक्खु कारागारबाट फरार भएको तथ्य फेला

जस नेपाल

२५ माघ २०८२

बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ, भदौ २४ मा नक्खु कारागारबाट फरार भएको तथ्य फेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’काे महाराजगन्जको कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठ रहेका छन् । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार विशेष टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धान अनुसार केही दिनअघि चप्पल कारखान नजिक रहेको बालेनको डेरामा चोरी भएको थियो । पक्राउ परेका तीनै जना यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भइसकेका व्यक्तिहरू भएको तथा भदौ २४ मा भएको जेनजी प्रदर्शनका बेला नक्खु कारागारबाट फरार भएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले भन्यो – ‘अन्तरिम आदेश दिनुपर्ने देखिएन’

रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले भन्यो – ‘अन्तरिम आदेश दिनुपर्ने देखिएन’

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिट निवेदनमा...

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १ हजार ५ सय बढी सामग्री हटाइयो

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १ हजार ५ सय बढी सामग्री हटाइयो

धनुषा । जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा...

न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

फाइल तस्बिर : न्याय परिषद र न्याय सेवा आयोगका पदाधिकारी एवं कर्मचारीहरु काठमाडौँ ।...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक...