काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि प्रत्यक्ष प्रणालीबाट निर्वाचित १६५ सांसदहरूको तस्वीर स्पष्ट हुँदै जाँदा यसपालिको संसद् अघिल्ला संसद्हरूभन्दा धेरै अर्थमा फरक देखिएको छ। उमेर समूह, पेशागत पृष्ठभूमि, शैक्षिक योग्यता, राजनीतिक अनुभव तथा सार्वजनिक पहिचानका हिसाबले संसद्मा विविधता देखिएको छ।
विशेषगरी युवा पुस्ताको उल्लेख्य प्रवेश, विभिन्न पेशाबाट आएका प्रतिनिधिहरू, पीएचडीधारी सांसद तथा सामाजिक क्षेत्रमा चिनिएका व्यक्तिहरूको उपस्थितिले संसद्को स्वरूपलाई बहुआयामिक बनाएको छ।
निर्वाचन आयोगको तथ्यांक, मत परिणाम तथा सार्वजनिक विवरणहरूका आधारमा हेर्दा यसपटकको संसद्मा विभिन्न श्रेणीका प्रतिनिधिहरू देखिन्छन्। उमेर समूहदेखि पेशागत पृष्ठभूमिसम्मका आधारमा सांसदहरूलाई विभिन्न समूहमा वर्गीकृत गर्दा संसद्को नयाँ संरचना अझ स्पष्ट देखिन्छ।

फागुन २१ को निर्वाचनबाट बनेको प्रतिनिधि सभा उमेर, पेशा, शिक्षा र राजनीतिक पृष्ठभूमिका हिसाबले विविधतायुक्त संसद बन्ने संकेत देखिएको छ। युवा पुस्ताको बलियो उपस्थिति, नयाँ अनुहारहरूको प्रवेश र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले आगामी संसदमा नयाँ बहस. नीति निर्माण र राजनीतिक अभ्यासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
यसपटक पहिलो चोटि संसदमा प्रवेश गर्ने सांसदहरूको संख्या उल्लेख्य छ। संसदमा नयाँ राजनीतिक शैली, नयाँ बहस रएजेन्डा आउने अपेक्षा गरिएको छ। यसपालिको संसदमा विभिन्न पेशाबाट आएका व्यक्तिहरू छन्। चिकित्सक,इन्जिनियर,वकिल,शिक्षाविद्,सामाजिकअभियन्ता, व्यवसायी पनि चुनिएका छन् । सामाजिक क्षेत्रमा चर्चित व्यक्तिहरू पनि संसदमा पुगेका छन्।
तर, यसपटक पनि संसदमा पुराना नेताहरूको उपस्थिति कायमै छ। पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री तथा धेरै निर्वाचित सांसदहरू फेरि संसदमा पुगेका छन्। उनीहरूमा पुष्प कमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन, अमरेशकुमार सिंहजस्ता नेता समावेश छन्।
सामाजिक अभियन्ता महावीर पुन स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीबाट निर्वाचित भएका छन् भने सेलिब्रेटी आशिका तामाङ धादिङबाट निर्वाचित भएकी छन् ।

युवा सांसद कति ?
२५ वर्षका प्रशान्त उप्रेतीदेखि ३० वर्ष आसपासका सोविता गौतम, रञ्जु दर्शना, शिवशंकर यादवजस्ता युवा सांसद संसद्मा पुगेका छन्। युवा नेतृत्वको यो उपस्थिति नेपाली संसदीय राजनीतिमा नयाँ पुस्ताको प्रवेशको संकेतका रूपमा हेरिएको छ। ३० वर्षमुनिका १२ जना सांसद छन् । ३१ देखि ४० वर्षका ४९ जना छन् । ४० वर्षभन्दा मुनिका लगभग ६० जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन्। यसमध्ये ठूलो संख्या राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद छन्।
● रास्वपा -५२ जना
● कांग्रेस-५ जना
● एमाले -२ जना
● राप्रपा -१ जना
● श्रम संस्कृति पार्टी- १ जना
रास्वपाको उल्लेख्य उपस्थित रहेकोमा यस उमेर समूहमा बालेन्द्र शाह, तोसिमा कार्की, सुहाङ नेम्बाङ, योगेश गौचन थकालीजस्ता अनुहार छन्। ४१ देखि ५० वर्षका ५७ जना सांसद निर्वाचित भएका छन् । संसदमा यो सबैभन्दा ठूलो उमेर समूह हो।
प्रत्यक्षतर्फ निर्वाचितमध्ये ५१ देखि ६० वर्षका ३६ जना सांसद छन् । ६१ देखि ७० वर्षका ९ जना मात्र सांसद चुनिएका छन् । ७१ वर्षका दुई जना सांसद निर्वाचित भएका छन्।

वरिष्ठ सांसदहरूमा ७० वर्षका पुष्प कमल दाहाल ‘प्रचण्ड’ पनि पर्छन् । एमालेका केपी शर्मा ओली लगायतका पुराना पार्टीका धेरै नेताहरु पराजित बनेर बढारिएका छन् ।
वकिल (कानुन व्यवसायी) कति ?
कम्तीमा ११ जना कानुन व्यवसायी प्रत्यक्ष निर्वाचन जितेर संसदमा पुगेका छन्।
● सस्मित पोखरेल
● यज्ञमणि न्यौपाने
● सोविता गौतम
● सुलभ खरेल
● मनिष खनाल
● गणेश धिमाल
● गोविन्द पन्थी
● सुहाङ नेम्बाङ
● ठाकुरसिंह थारु
● मोहनलाल आचार्य
● मधुकुमार चौलागाईं
महिला कति ?

प्रत्यक्ष प्रणालीबाट १४ महिला सांसद निर्वाचित भएका छन्। जसमा रास्वपा -१३ जना र कांग्रेसबाट १ जना छन् । महिला सांसदहरूमा इन्दिरा राना मगर, सोविता गौतम, रुविना आचार्य, निशा डाँगी, तोसिमा कार्की, आशिका तामाङ, बिना गुरुङ, नीतिमा भण्डारी कार्की लगायत छन्। कांग्रेसबाट भने बासना थापा संसदमा प्रवेश गर्ने एक मात्र महिला हुन्।
पीएचडी होल्डर ९ जना
संसद्मा कम्तीमा ९ जना पीएचडी डिग्रीधारी सांसद पुगेका छन्।
● डा. स्वर्णिम वाग्ले
● डा. अमरेश कुमार सिंह
● डा. विक्रम तिमिल्सिना
● डा. अच्युतम लामिछाने
● डा. कृष्णहरि बुढाथोकी
● डा. धनञ्जय रेग्मी
● डा. आनन्दबहादुर चन्द
● डा. ताराप्रसाद जोशी
● डा. अर्जुनकुमार कार्की
रास्वपामा पुरानै पार्टीका ४० जना

यसपालिको निर्वाचनमा दल परिवर्तन गरेर नयाँ पार्टीबाट चुनाव जित्ने नेताहरूको संख्या पनि उल्लेख्य छ। विभिन्न पुराना दलमा सक्रिय रहेका ४२ जना नेताहरू नयाँ राजनीतिक दलबाट उम्मेदवार बनेर संसदमा पुगेका छन्। विशेष गरी रास्वपामा पुराना दलबाट आएका धेरै नेताहरु निर्वाचित भएका छन् ।
जसमध्ये नेपाली कांग्रेसका करिव १९ जना सांसदहरु रास्वपाबाट चुनाव लडेर विजयी बनेका छन् । जसमा गणेश धिमाल , प्रदीप बिष्ट , उत्तमप्रसाद न्यौपाने लगायतका नेताहरुछन् भने मध्रेश केन्द्रित जसपा, लोसपा र नाउपाका नेताहरु पनि रास्वपाबाट विजयी बनेका छन् ।
यो पनि-

