अब वकीलले सिंहदरबारमा निर्वाध प्रवेश पाउने

जस नेपाल

२६ चैत २०८२

अब वकीलले सिंहदरबारमा निर्वाध प्रवेश पाउने

काठमाडौँ । कानून व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको तीन दिन नबित्दै सरकार आफ्नो निर्णयबाट पछाडि हटेको छ । नेपाल बार एशोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेखेर आपत्ति जनाएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

सिंहदरबारको सुरक्षा हेर्ने प्रहरी प्रमुखले विहीबार नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रलाई टेलिफोन गर्दै अब वकीलहरुले पहिलेकै जस्तो निर्वाधरुपमा सिंहदरबारमा प्रवेश गर्न पाउने जानकारी गराएका छन् ।

सिंहदबार प्रवेश गर्दा वकीलहरुले पनि महान्यायाधिवक्ताबाट जारी परिचयपत्रका अतिरिक्त अनुमति लिनुपर्ने सरकारले निर्णय गरेपछि कानून व्यवसायीका तर्फका आपत्ति जनाइएको थियो । नेपाल बार एशोसिएसनले पनि सरकारको यो निर्णयको संस्थागतरुपमै विरोध गरेको थियो ।

सरकारले वकीलहरुलाई सिंहदरबार प्रवेशमा कडाइ गरेपछि सिंहदरबार परिसरमै रहेको प्रशासकीय अदालतले समेत प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कडाइप्रति समर्थन जनाएको थियो ।

विहीबार आफ्नो निर्णयबाट सरकार पछाडि हटेपछि प्रशासकीय अदालतले पनि दोस्रो विज्ञप्ति जारी गर्दै आफूहरुको नियत सकारात्मक रहेको भन्दै स्पष्टीकरण दिएको छ ।

यो पनि-

सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ

नर्क पुग्ने बाटो पनि स्वर्गै जाउँला भनेर बनाइन्छ

 

 

सम्बन्धित खवर

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव...

हामीले संविधान नै लेखेर बुझायौँ

हामीले संविधान नै लेखेर बुझायौँ

काठमाडौँ । पाठकवृन्द ! मार्टिन चौतारीको कार्यालयभन्दा अलिकति पूर्वतिर बबरमहलमा एउटा गैरसरकारी संस्थाको कार्यालय...

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिइ डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

कानून व्यवसायी परिषद्‌ले आयकर कानूनबारे तालिम चलाउने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले कानून आयकर कानूनबारे तालिम...