संसद भवनको हालत : पल्टनियाँ आउनै लागे, खाना दाना तयार छैन!

१९ मंसिर २०८२

संसद भवनको हालत : पल्टनियाँ आउनै लागे, खाना दाना तयार छैन!

काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने मिति तोकेको छ । तर, नयाँ निर्वाचित सांसदहरु कहाँ बस्ने भन्ने स्पष्ट छैन । नयाँ बानेश्वरस्थित संसद भवन जलेको छ । सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद भवन बनिसकेको छैन ।

समाजमा एउटा उखान छ– पल्टनियाँ आउनै लागे, खाना दाना तयार छैन ! आगामी फागुन २१ को चुनावबाट निर्वाचित भएर आउने नयाँ प्रतिनिधिसभाको बैठक बस्ने स्थान नै अहिलेसम्म टुंगो लाग्न नसक्दा यो उखान चरितार्थ भएको छ ।

सिंहदरबार परिसरको उत्तरपश्चिम कुनामा यतिबेला संसद भवन बनिरहेको छ । तर, तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ०७६ असोजमा ठेक्का सम्झौता भए पनि ६ वर्षौं बितिसिक्दा पनि ठेकदार कम्पनीले काम पूरा गरेको छैन ।
पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ ।

संसद भवनको इन्टेरियर, सुरक्षा प्रणालीलगायतका कामहरु गर्न का लागि ०८० सालमा बेग्लै ठेक्का सम्झौता भएको थियो । त्यसको प्रगति भने ३० प्रतिशत मात्र छ ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले कात्तिक ८ मा निर्माणधीन संसद भवनको स्थलगत अनुगमन गरेका थिए । घिसिङले हाल निर्माण भइरहेका भवनमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न निर्देशन दिएका थिए । उनले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोत साधन परिचालन गर्नसमेत निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले तीन सिफ्टमा काम गरेर आगामी चैतभित्रै संसद भवनको निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

यो पनि-

संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

सम्बन्धित खवर

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) कोश्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत...

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण...

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

काठमाडौँ ।  सर्वोच्च अदालतले सेना र न्यायाधीहरुको सम्पत्ति छानबिन नगर्नू भनेर अन्तरिम आदेश जारी...