जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

रासस

२४ कार्तिक २०८२

जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न भएको आरोप छ । योसँगै इप्रका दमकमा आक्रमण गर्ने चार जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दुई दिनअघि मात्र इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पाँचथरको मिक्लाजुङ–५ स्थायी ठेगाना भई हाल दमक–५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ ।

यसैगरी जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । अहिलेसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट छ गरी १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा...

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम...

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, ५ दिन हिरासत राख्न अनुमति

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, ५ दिन हिरासत राख्न अनुमति

जुम्ला । जबर्जस्ती करणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष...

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त १० वटा सहकारीका ९१ जना ठूला ऋणीहरूको...