सर्वोच्चमा कांग्रेसको मुद्दा : न्यायाधीश पोखरेलको एकल बेञ्चमा सुनुवाई हुँदै

६ माघ २०८२

सर्वोच्चमा कांग्रेसको मुद्दा : न्यायाधीश पोखरेलको एकल बेञ्चमा सुनुवाई हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे सर्वोेच्च अदालतमा प्रारम्भिक सुनुवाई शुरु भएको छ ।

न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासमा भइरहेको सुनुवाईपछि अन्तरिम आदेश जारी हुने–नहुनेबारे निर्णय आउने छ ।

गत पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन गरेर गगन थापा पार्टी सभापति बनेपछि त्यसमा आपत्ति जनाउँदै तत्कालीन सभापति शेरबहादुर देउवाका तर्फबाट आइतबार सर्वोच्च अदालतमा रिट(ण्डद्द(082-WO-0773  ) परेको हो ।

गगन थापा, विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको रिटमाथि सोमबार सार्वजनिक विदा परेकाले सुनुवाई हुन नसकेपछि आज (मंगलबार) सुनुवाई भएको हो ।

रिट निवेदकका तर्फबाट शेरबहादुर देउवाले गगन थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् । साथै गगन थापा समूहलाई आयोगले दिएको आधिकारिकता तत्कालका लागि स्थगन गर्नसमेत देउवा पक्षको माग छ ।

अदालतले गगन थापा पक्षविरुद्ध अन्तरिम आदेश जारी गरेन भने आजै हुने प्रतिनिधिसभा सदस्यको मनोनयन दर्तामा गगन थापाको हस्ताक्षरले मान्यता पाउने छ । अदालतले निर्वाचन आयोगको निर्णयलाई सथास्थितिमा राख्न आदेश दिएमा देउवा पक्षले टिकट बाँड्न पाउने छ ।

यो पनि-

सर्वोच्चको ढोकामा पुगेको कांग्रेसको विवाद, अबको प्रकिया के हो ?

सम्बन्धित खवर

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

न्याय र कानूनको क्षेत्रमा अनुसन्धानको महत्व

ज्ञान, तथ्य र प्रमाणको व्यवस्थित खोज, विश्लेषण तथा व्याख्या गर्ने वैज्ञानिक विधि र व्यवस्थित...

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

सिराहा मोबाइल नष्ट प्रकरण : गैरकानुनी कार्यको जिम्मेवारी कसले लिने ?

काठमाडौँ  । सिराहामा एसईई तथा एसएलसी (+2) परीक्षाका क्रममा जफत गरिएका सयौं मोबाइल फोन...

मन्त्रिपरिषद्‌को निर्णय : संविधान संशोधन कार्यदलको म्याद थपदेखि ३० वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयनसम्म

मन्त्रिपरिषद्‌को निर्णय : संविधान संशोधन कार्यदलको म्याद थपदेखि ३० वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयनसम्म

काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप्नेदेखि ३० वर्ष पुरानो...

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

२६ अर्बभन्दा बढी बिगो दाबी गर्दै दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

काठमाडौँ  । बीमा, धितोपत्र तथा वित्तीय कारोबारसँग जोडिएको प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक...