काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाउँदै शैक्षिक प्रमाणपत्र नै झिकाएर अध्ययन गर्न माग भएको छ ।
सुनुवाइ समितिमा आज (मङ्गलबार) शर्मामाथि माथि परेका १६ उजुरीमाथि भएको छलफलमा उजुरीकर्ताहरूले निजको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् ।
समितिले आज पहिलो चरणमा उजुरीकर्तासँग छलफल गरेको हो । उजुरीकर्तामध्ये एक दीपक न्यौपानेले शर्माको शैक्षिक प्रमाणपत्र झिकाएर अध्ययन गर्न माग राखे ।
शर्मामाथि दिउँसो एक साढे एक बजेदेखि थप सुनुवाइ हुनेछ । सुनुवाइ समितिलेउ सार्वजनिक लेखा समितिको सभाकक्षमा शर्मा उपस्थित हुन आवश्यक व्यवस्था मिलाइदिन संवैधानिक परिषद्को सचिवालयलाई अनुरोध गरेको छ ।


