आयोगको प्रतिवेदनमा उल्लेखित ‘पश्चादर्शी प्रभाव’ विषयमा विचार गोष्ठी आयोजना हुने

जस नेपाल

३ असार २०८३

आयोगको प्रतिवेदनमा उल्लेखित ‘पश्चादर्शी प्रभाव’ विषयमा विचार गोष्ठी आयोजना हुने

काठमाडौँ । उच्च अदालत बार एशोसिएसन पाटन अन्तर्गत मानव अधिकार तथा जनसरोकार समितिले ‘भाद्र २३ र २४ गतेको घटनासम्बन्धमा मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेखित पश्चादर्शी प्रभाव’ विषयमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेपाल बारका अध्यक्ष प्राध्यापक डा. तथा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । गोष्ठीमा वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले विषयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी कार्यक्रममा विषयवस्तुमाथि वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य राम नारायण विडारी तथा युवा कानुन व्यवसायी अधिवक्ता कैलाश तामाङले टिप्पणी प्रस्तुत गर्नेछन् ।

मानव अधिकार, कानुनी व्याख्या तथा सार्वजनिक सरोकारसँग सम्बन्धित उक्त विषयमा केन्द्रित गोष्ठी २०८३ साल असार ५ गते शुक्रबार दिनको १ बजे नेपाल बार एसोसिएसनको सभाहल, रामशाहपथ, काठमाडौँमा आयोजना गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रम मानव अधिकार तथा जनसरोकार समिति, उच्च अदालत बार एशोसिएसन पाटनद्वारा आयोजना गरिएको हो ।

सम्बन्धित खवर

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न विशेषको आदेश

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न विशेषको आदेश

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ४ दिन थुनामा...

डोटीको बडीकेदार गाउँपालिका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

डोटीको बडीकेदार गाउँपालिका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकामा ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी...

सर्वोच्चको ४ बुँदे परमादेश : सडकपेटी अतिक्रमण हटाउन सरकारलाई निर्देशन

सर्वोच्चको ४ बुँदे परमादेश : सडकपेटी अतिक्रमण हटाउन सरकारलाई निर्देशन

काठमाडौँ ।  सर्वोच्च अदालतले सडकपेटीको अतिक्रमण हटाउन तथा व्यवस्थापन सुनिश्चित गर्न सरकारका नाममा चार...

केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह

केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह

काठमाडौँ । कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले केन्द्रीय कानून पुस्तकालय न्यायका क्षेत्रमा...