वकीललाई अदालतमै भुस्याहा कुकुरले टोकेपछि…

२३ असार २०८३

भारत । गत सोमबार भारतको गुजरात हाइकोर्ट परिसरभित्र एक वकीललाई कुकुरले टोक्यो । कुकुरले जो कसैलाई टोक्नु मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक हुँदै हो, तर जुन गतिमा वकीलहरूको संस्थाले कुकुरविरुद्ध मुख्य न्यायाधीश गुहार्‍यो, त्यसले धेरैको ध्यान खिच्यो ।

गुजरात हाइकोर्ट एड्भोकेट्स एशोसिएशन (जीएचसीएए) ले हाइकोर्टकी मुख्य न्यायाधीश सुनिता अग्रवालसँग कुकुरविरुद्ध तुरुन्त कारबाही माग गरेको हो ।

हाइकोर्ट कम्प्लेक्सको अडिटोरियम पार्किङ क्षेत्रको नजिकै सोमबार साँझ वकील राधेश व्यासलाई दुईवटा सामुदायिक (भुस्याहा) कुकुरले टोकेको थियो । कुकुरको टोकाइबाट व्यासको शरीरमा गहिरो घाउ नै भयो । रेबिजविरुद्धको सुईले मात्र खतरा टरेन, घाउ निको पार्न टाँका नै लगाउनुपर्‍यो ।

व्यासलाई उपचारार्थ अस्पताल पुर्‍याएका अर्का वकील प्रमोद गहलोतले घटनाबारे हाइकोर्ट एड्भोकेट्स एशोसिएशनमा छलफल भइरहेको र भविष्यमा कुकुरले नटोकोस्‌ भनी माग राखिने बताएका थिए ।

नभन्दै; वकीलहरूको सङ्गठन नै अन्ततः कुकुरविरुद्ध खनियो । जीएचसीएएका अध्यक्ष वरिष्ठ अधिवक्ता यतिन ओझाले अदालतकी मुख्य न्यायाधीश अग्रवाललाई पत्र लेख्दै उच्च अदालतको सम्पूर्ण क्षेत्रबाट सामुदायिक कुकुर हटाउनुपर्ने माग राखे ।

वकीललाई टोकेका कुकुरलाई केही अन्य वकीलहरूले खाना खुवाइरहेको पनि ओझाले बताए । यसअघि कुकुर हटाउन आएका नगर निगमका अधिकारीहरूमाथि वकिलहरूले नै हमला गरी रोकेको पनि उनले दाबी गरे ।

कुकुर हटाउन खोज्दा वकीलहरूले गरेको यस्तो गतिविधि अब सहन गर्न नसकिने बताउँदै ओझाले त्यस्ता वकीलमाथि अनुशासनात्मक कारबाही गरिने चेतावनी पनि दिएका छन्‌ । नगर आयुक्तहरूलाई पनि ती वकीलविरुद्ध उजुरी दर्ता गर्न अनुरोध गरिने उनको भनाइ छ ।

भारतको सर्वोच्च अदालतले हालै सार्वजनिक स्थानहरूमा सामुदायिक कुकुरको मामिलामा जाँच गरिरहेको छ । यो समस्या हटाउन अदालतले अनेक आदेश पनि जारी गरिसकेको छ । (बारएण्डबेञ्‍चबाट)

यो पनि :

नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…

सम्बन्धित खवर

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । संसारले गएको शुक्रबार (मे २९ मा) अन्तरराष्ट्रिय सगरमाथा दिवस मनायो । सन्‌...

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

काठमाडौँ । नेपालमा महिला र फरक लैङ्गिक पहिचान भएका नागरिकले युगौँदेखि अनेक पीडा र...

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । आज...

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल नेतृत्वमा गठित वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र...