युवामन्त्री गुप्ताविरुद्ध अख्तियारमा उजुरी, मानवतस्करी गर्न खोजेको आरोप

२३ असार २०८३

काठमाडौँ । वर्तमान जेन-जी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध अमेरिका भ्रमणको निहुँमा मानवतस्करी गर्न खोजेको उजुरीपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गुप्तासँग राजीनामा माग गरिसकेकी छिन्‌ । गुप्ताले आफू अमेरिका गएर फर्केपछि राजीनामा बुझाउने बताएका खबर सार्वजनिक भइरहेका छन्‌ ।

अमेरिका भ्रमणको बहानामा मन्त्री गुप्ताले मानवतस्करीमार्फत्‌ नेपालीलाई अमेरिका पुर्‍याउने खोजेको आरोपसहित अधिवक्ता युवराज पौडेलले आयोगमा उजुरी दर्ता गरेका हुन्‌ । साथै; अमेरिकी सरकारको अभिलेखमा नभएको कार्यक्रममा जान मन्त्री गुप्ताले नक्कली आयोजक र नक्कली निमन्त्रणापत्रको सहारा लिएको दाबी गरिएको छ ।

‘आफू मात्र नभइ सामूहिक रुपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित रुपमा मानव तस्करी गर्नु हो । अतः उल्लेखित सम्पूर्ण कागजात झिकाई निज बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा समेत अनुसन्धान र दोषी देखिए हदैसम्म कारबाही गर्न माग गर्दछु’, उजुरीपत्रमा लेखिएको छ ।

मन्त्री गुप्ता माघ ३ गते ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेण्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन्‌ । उनको भ्रमण प्रस्तावलाई पुस २२ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले स्वीकृत गरेको थियो ।

मन्त्री गुप्ताविरुद्ध अख्तियारमा दर्ता गरिएको उजुरी :

 

याे पनि –

न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

सम्बन्धित खवर

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । संसारले गएको शुक्रबार (मे २९ मा) अन्तरराष्ट्रिय सगरमाथा दिवस मनायो । सन्‌...

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

काठमाडौँ । नेपालमा महिला र फरक लैङ्गिक पहिचान भएका नागरिकले युगौँदेखि अनेक पीडा र...