पेट्रोलियम पदार्थमा ५० प्रतिशत पूर्वाधार कर कटौती

जस नेपाल

२३ असार २०८३

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा यसअघि लाग्दै आएको पूर्वाधार कर ५० प्रतिशतले घटाएको छ । सरकारले पूर्वाधार विकास कर अन्तर्गत ग्राहकसँग प्रतिलिटर १० रुपैयाँ अतिरिक्त रकम लिने गरेको छ ।

आज (मङ्गलबार) बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा यसअघि थपिएको पूर्वाधार कर ५० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुल ५० प्रतिशतले घटाउने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन्‌ ।

अमेरिका-इजरायलले गरेको आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिदिएपछि बढेको इन्धन सङ्कटसँगै यसको मूल्य पनि बढेको छ । इन्धनको मूल्य बढेपछि सर्वसाधारण नागरिकले पूर्वाधार कर हटाउन सरकारलाई आग्रह गरिरहेका थिए ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

जब डाक्टरले नै गणतन्त्र आएको बिर्सिए…

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यही जेठ ७ मा `व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको...

बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने माग : कस्तो छ कानूनी प्रावधान ?

बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने माग : कस्तो छ कानूनी प्रावधान ?

काठमाडौँ । प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुन, आशिका तामाङ, आरेन राईलगायतका सांसदहरूले कृषि...

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

काठमाडौँ । नेपालका अदालत र न्यायिक निकायले विभिन्न अभियोगमा दोषी ठहर भएकाहरूलाई दण्डजरिवाना तोक्ने...