झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

जस नेपाल

३ साउन २०८३

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन् ।

त्यसैगरी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत्ताकपडा, रु ५२ लाख २४ हजार ५०० बराबरका किराना सामान, रु ८९ लाख ८७ हजार ४० बराबरका बिडी, रु १२ लाख ६५ हजार ५०० बराबरका सुर्तीजन्य पदार्थ, रु २१ लाख ५७ हजार ९३० बराबरका विद्युतीय पार्टस्, तीन लाख २४ हजार ८० बराबरका कस्मेटिक सामग्री तथा रु एक करोड १४ लाख ७३ हजार ५६४ बराबरका अन्य विभिन्न अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको सूचना अधिकारी अवाले बताए ।

अवैध सामान ओसारपसारमा संलग्न २९ सवारीसाधन र सात जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सम्बन्धित खवर

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा विभिन्न निकायको संयुक्त अनुगमन टोलीले न्यु फेमिली...

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

गण्डकी । कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।...

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मौरिसस लैजाने भन्दै लामो...

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प ट्युबवेल (चापाकल) खरिद र...