झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

जस नेपाल

४ साउन २०८३

झापामा वित्तीय अपराध बढ्दो : एक वर्षमा ३७३ मुद्दा, ३१० अभियुक्त अझै फरार

झापा। डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापा जिल्लामा वित्तीय अपराधका घटना उल्लेख्य रूपमा बढेको देखिएको छ । पछिल्लो एक वर्षमा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३७३ मुद्दामध्ये २७० वटा फर्छ्योट भइसकेका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा छन् । ती घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिमाथि सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेको बताए । उनले फरार अभियुक्तहरूको खोजीलाई समेत तीव्र बनाइएको जानकारी दिए ।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २२० वटा फर्छ्योट भएका छन् भने ७४ वटा अनुसन्धानकै क्रममा छन् । यस्तै ठगीका ६५ मुद्दामध्ये ४० वटा फर्छ्योट भएका छन् भने २५ वटा बाँकी छन् ।

त्यसैगरी, आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दामध्ये आठवटा फर्छ्योट भएका छन् भने चारवटा अनुसन्धानाधीन छन् । अनलाइन सट्टेबाजीसम्बन्धी दुईवटा मुद्दा दर्ता भएकामा दुवै फर्छ्योट भइसकेका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय बैंक खाता, ओटीपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी बैंकिङ ठगी गर्ने, अनलाइन किनमेल, चिठ्ठा परेको वा घरबाटै काम गरेर धेरै आम्दानी हुने भन्दै प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढ्दो छ ।

प्रहरीले डिजिटल भुक्तानी तथा अनलाइन कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न तथा छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट प्रहरीको एक वर्ष : ४४८ फरार प्रतिवादी पक्राउ, पाँच करोडभन्दा बढीका तस्करीका सामान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अदालतबाट फरार रहेका ४४८...

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९०...

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...