बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

जस नेपाल

३१ असार २०८३

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार उनलाई सुन्धारा कारागारबाट रिहा गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले मंगलबार ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो । तर, उनी २०८१ असार १४ गते पक्राउ परेदेखि नै पुर्पक्षका लागि कारागारमा रहेकाले अदालतले निर्धारण गरेको कैद अवधिभन्दा बढी समय बिताइसकेका थिए । सोही आधारमा उनलाई रिहा गरिएको हो ।

जिल्ला अदालत काठमाडौंका प्रवक्ता शिव खतिवडाका अनुसार झाको रिहाइका लागि अदालतले मंगलबार राति नै कारागार प्रशासनलाई पत्राचार गरेको थियो । त्यसपछि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी बुधबार उनलाई कारागारमुक्त गरिएको हो ।

रिहाइसँगै झाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित कानुनी प्रक्रिया भने सामना गर्नुपर्नेछ । ती निकायसँग सम्बन्धित प्रक्रिया पूरा भएपछि उनी तारेखमा रहने जनाइएको छ ।

यसअघि यही प्रकरणमा सफाइ पाएका प्रतीक थापासमेत सम्बन्धित निकायको प्रक्रिया पूरा गरी तारेखमा बस्ने गरी रिहा भएका थिए ।

याे पनि – नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

सम्बन्धित खवर

एनआईटीसी प्रकरण : तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर

एनआईटीसी प्रकरण : तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ ।  राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा...

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका...

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै सम्पत्ति जाँचबुझ आयोगले सूचना जारी गरेपछि...

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना केवल सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण...