काठमाडौँ । सरकारले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो । आर्थिक ऐनको उक्त दफाअनुसार अब शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लाग्ने समता शुल्क पूर्ण रूपमा हटाइएको छ । यसले विशेष गरी विपन्न, दलित, जनजाति, महिला तथा पिछडिएका वर्गका नागरिकहरूलाई फाइदा पुग्ने बताइएको छ ।
छुट लागू भएसँगै सम्बन्धित निकायहरूलाई निर्देशन जारी गरिने छ ।
यो पनि –
- शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो
- समता कर फिर्ता : संसदले बनाएको कानून बालेनको फेसबुकबाट हट्छ ?

