काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । व्यवसायी दिपक भट्टसँगको सम्बन्धबारे अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रिमाल दिपक भट्टविरुद्ध बिमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।
सीआईबीले पक्राउपछि रिमाललाई बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

