कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

जस नेपाल

८ साउन २०८३

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ । लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार  अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषधसम्बन्धी मुद्दामा २० महिला र तीन सय ८९ पुरुष जनालाई पक्राउ गरिएको छ ।

‘बितेको एक वर्षमा लागुऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएको थियो ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भने , ‘दिनहुँजसो लागुऔषधसहित मासिन पक्राउ परेकै छन् । हामीले कारबाही र सचेतनासँगै अघि बढाएका छौँ ।’

उनले कञ्चनपुर कैलालीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेको कारबाही सङ्ख्याबाट स्पष्ट भइसकेको बताए ।

‘प्रहरीलाई अहिलेको मुख्य चुनौती भनेकै लागुऔषध नियन्त्रण गर्नुछ ।” रावतले भने , ‘कारागारमा पनि ३५ प्रतिशतभन्दा लागुऔषध मुद्दाकै व्यक्तिहरु छन् ।’

 प्रहरी र स्थानीय प्रशासनको पहलले मात्रै लागुऔषध नियन्त्रण सम्भव नहुने भएकाले समाजका सबै नागरिक र स्थानीय सरकार गम्भीर प्रहरीको भनाइ छ ।

कञ्चनपुर प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ वर्ष खैरो हेरोइन ६५८ ग्राम, चरेश साढे ६ किलोग्राम, गाँजा ५२६ ग्राम र ट्याबलेट ७२६ वटा बरामद गरेको थियो । जिल्ला प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनका क्रममा जिल्लाभरबाट ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कैद सजाय भुक्तानका लागि पक्राउ परेका अभियुक्तलाई अदालत हुँदै कारागार चलान गरेको प्रहरीको भनाइ छ । जरिवानाबापत असुलउपर गर्न पर्ने रु दुई करोड ४५ लाख असुल गराएको छ ।

सम्बन्धित खवर

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने...

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

झापा ।  शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।...

अभियन्ता वेदिका केसी पक्राउ

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौं । अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले विद्युतीय कसुरसम्बन्धी...

५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

५ लाख घुससहित सिरहाका कर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ...